५ श्रावण २०८३, मंगलबार | July 21, 2026

कार्यसमितिले तय गरेको एफएनसिसिआईको साधारणसभा पदाधिकारीले स्थगित गरे, ३ पदाधिकारी सहित विशिष्ठ सदस्यको नोट अफ डिसेन्ट



काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यसमितिले निर्धारण गरेको साधारणसभाको मितिलाई पदाधिकारीहरुले स्थगित गरिदिएका छन् । दुईवटा प्यानल बनाएर निर्वाचनकको महासंग्राम तयारी गरिरहेका दुई प्यानलले निर्वाचनमा भिड्न अझै लामो लडाई लड्नु पर्ने भएको छ । पदाधिकारीको बैठकले महासंघको साधारण सभा सार्ने निर्णयसँगै महासंघको निर्वाचनलाई पनि अनिश्चित बनाईदिएको छ ।

महासंघको बिहीबार भएको पदाधिकारी र पूर्व अध्यक्षसहितको बैठकले यस अघि कार्यसमितिले साउन २६ र २७ गते साधारण सभा गर्ने गरि गरेको निर्णयलाई बदर गर्दै सरकारले सभा सम्मेलन गर्न खुला गरेपछिको १५ दिनभित्र साधारणसभा गर्ने निर्णय गरेको छ। यो निर्णयसँगै महासंघको नयाँ कार्यसमितिको लागि हुने निर्वाचनको मिति अनिश्चित भएको छ।

चैत अन्तिम साता हुनुपर्ने साधारण सभाको पूर्व निर्धारित कार्यतालिका कोभिड १९ का कारण सरकारले जारी गरेको लकडाउनले प्रभावित भएको थियो। कोरोना संक्रमण कम भएपछि साधारण सभा गर्न पदाधिकारीबीच सहमति बनेको थियो। महासंघको कार्यसमिति बैठकले यसअघि साउन २६ र २७ गते ललितपुरको हेरिटेज गार्डेनमा साधारणसभा गर्ने निर्णय गरेको थियो।

साधारण सभाको मिति तय भए लगत्तै वरिष्ठ उपाध्यक्षमा आआफ्नो उम्मेदवारी घोषणा गर्दै चन्द्रप्रसाद ढकाल र किशोरकुमार प्रधान छुट्टाछुट्टै प्यानल बनाएर चुनावमा होमिइसकेका थिए। जिल्ला तथा नगर उद्योग बाणिज्य संघहरुले बिस्तारै आफ्नो कित्ता समेत क्लियर गर्न सुरु गरेका थिए ।

पदाधिकारी र केही  पुर्व अध्यक्षको बैठकले गरेको साधारण सभाको मिति सार्ने निर्णयमा तीन जना पदाधिकारी र एक विशिष्ट सदस्यले असहमति जनाएका छन्। पदाधिकारीको निर्णयमा महासंघका एशोसिएट उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ र कोषाध्यक्ष निरक केसीले असहमति जनाएका हुन्। विशिष्ट सदस्य चण्डीराज ढकालको पनि असहमति रहेको बताईएको छ ।

महासंघको यस अघि कार्यसमितिको बैठकले मिति तय गर्नुका साथै सरकारलाई कार्यक्रम संचालन गर्न दिन स्विकृति समेत मागेको थियो । सरकारले स्विकृति दिने वा नदिने निर्णय नगर्दै  पदाधिकारीको बैठकले मिति सार्ने निर्णय गरेको असहमति राख्नेहरुको आरोप छ ।

महासंघका एशोसिएट उपाध्यक्ष ढकालले सरकारको निर्णय नआउँदै हतार हतार साधारण सभा सार्ने निर्णय भएको बताए। कार्यसमितिले साधारण सभाको स्वीकृतिका लागि सरकारलाई पत्र पठाएको र सरकारी निकायबाट जवाफ आउने क्रममै रहँदा मिति सार्नु गलत भएको ढकालको भनाई छ । उनले चुनावको परिणामसँग डराएर स्थगित गर्ने निर्णय गरिएको आरोप लगाए ।

ढकालले कार्यसमितिको बैठकले गरेको निर्णय केहि पदाधिकारी बसेर उल्टाउनु गलत भएको बताए । स्थगित नै गर्नु परेपनि कार्यसमितिको बैठकबाट साधारण सभाको निर्णय गर्नुपर्थ्यो। उनले भने ।

ढकाल सहितका पदाधिकारीले आजको बैठकमा मौखिक असहमति ब्यक्त गरे पनि माईन्युट तयार हुँदा लिखित नोट अफ डिसेण्ट दर्ज गर्ने बताएका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार  १० : ५६ बजे

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान

तयारी पोसाक उद्योगको विकासमा सरकार कटिबद्ध : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित तयारी पोसाक उद्योगको