४ पुस २०८२, शुक्रबार | December 20, 2025

सिन्धुलीमा हायस दुर्घटना, १२ जना घाइते



सिन्धुली । सिन्धुलीमा हायस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते हुनेहरूमा उदयपुर जिल्ला त्रियुगा नगरपालिका-८ बस्ने ३८ वर्षीया यशोधा प्याकुरेल र उनका १० वर्षीय छोरा केशव प्याकुरेल रहेको प्रहरीले जनाएको छ ।

उनीहरूको हात, मुख र शरीरमा चोट लागको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । यस्तै अन्य घाइते हुनेमा उदयपुर जिल्ला त्रियुगा नगरपालिका ८ का वर्ष ५७ को अर्जुनप्रसाद ढुंगाना,  वर्ष ५१ की भगवती ढुंगाना, ५३ वर्षका रामप्रसाद ढुंगाना, वर्ष ६२ का बासुप्रसाद ढुंगाना, वर्ष २३ का अतिश ढुंगाना, वर्ष ३३ का नवराज सुवेदी, वर्ष ५७ की रेणुका र सुनिल ढुंगानाको छोरी वर्ष १० की रेशिका ढुंगाना छन् ।

घाइतेहरूको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले चालक सन्तलाललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीको भनाइ छ ।

बुधबार काठमाडौंबाट उदयपुरको गाइघाटतर्फ आउँदै गरेको बा३ख ९७८८ नम्बरको हाइस बीपी राजमार्गको कमलामाई नगरपालिका-२ भद्रकाली नजिकै दुर्घटना भएको भएको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ७ : १५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको