३ पुस २०८२, बिहिबार | December 19, 2025

कोरोना आतंककै बीच एनआरएन दोस्रो ग्लोबल स्वास्थ्य सम्मेलन सेप्टम्बरमा हुने



लन्डन । कोरोना भाइरसले आतंक मच्चाइरहेका बेला विश्वभरि छरिएर रहेका नेपाली डाक्टरहरुको सम्मेलन सम्मेलन हुने भएको छ ।

ग्लोबल नेपाली स्वास्थ्य सम्मेलन नाम दिएको उक्त सम्मेलन सेप्टेम्बर १८–२० मा हुनेछ । यो सम्मेलन दोस्रो संस्करण हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिले सम्मेलनको आयोजना गरेको छ । सम्मेलन सेमी भच्र्योलमा हुनेछ, केही सेशनहरु प्रत्यक्ष बसेर छलफल गरिने छ भने बाँकी भर्चुअल छलफल हुने एनआरएनए स्वास्थ्य कमिटीले जनाएको छ ।

पहिलो सम्मेलन सन् २०१९ को सेप्टेम्बर २०–२२ सम्म अमेरिकी राज्यको एटलान्टामा भएको थियो । दोस्रो सम्मेलन पनि त्यही मितिको आसपासमा तोकिएको छ ।

विश्वभर छरिएर रहेका झन्डै सयभन्दा पनि बढी नेपाली डाक्टरहरु सम्मेलनमा सहभागी हुनेछन् । सम्मेलनमा सहभागिताका लागि विश्वभर छरिरएर रहेका गैरआवासीय नेपालीहरुलाई सहभागिताका लागि एनआरएनए स्वास्थ्य समितिका संयोजक डा सन्जिब सापकोट़ाले अनुरोध गरेका छन् ।

कोेभिड–१९ को संक्रमणले विश्वव्यापी रुपमा आक्रान्त बनेका बेला नेपाली डाक्टरहरुको यो सम्मेलनले विशेष अर्थ राख्ने बताइएको छ ।

कोभिड–१९ का बारेमा चरणबद्ध रुपमा छलफल हुनेछ भने युवा स्वास्थ्य, महिला स्वास्थ्य र पेशा स्वास्थ्यसम्बन्धी छलफल हुने एनआरएन स्वास्थ्य समितिले जनाएको छ ।

सम्मेलनमा विदेशमा कार्यरत एक सय भन्दा बढी चिकित्सकको सहभागिता रहने अपेक्षा छ १

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  १२ : १९ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको