६ कार्तिक २०८३, शुक्रबार | October 24, 2026

कोरियाको आर्थिक वृद्धिदर कमजोर, नेपाली मजदुर प्रभावित हुनसक्ने



सिओल । दक्षिण कोरियाको आर्थिक वृद्धिदरमा अत्यधिक गिरावट आएको छ ।

बैंक अफ कोरियाले बिहीबार प्रकाशित गरेको एक तथ्याङ्कअनुसार कूल ग्राहस्थ उत्पादनमा कमी आएसँगै आर्थिक वृद्धिमा कमी आएको हो ।

पछिल्ला तीन महिनामा आर्थिक वृद्धि तीन दशमलव तीन प्रतिशतले गिरावट आएको छ । यो गिरावट दोस्रो त्रैमासिकको तुलनामा १ दशमलव ३ प्रतिशतले बढी हो ।

केन्द्रीय बैंकका अनुसार हालको आर्थिक वृद्धिदर सन् १९९८ यताकै सबैभन्दा कमजोर हो । उक्त समयमा कोरियालागायत एशियाव्यापीरूपमा आर्थिक मन्दी छाएको थियो ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण अप्रिलदेखि जुनसम्मको कूल ग्राहस्थ उत्पादनमा २ दशमलव ९ प्रतिशतले कमी भएको छ । यसले कोरियामा रोजागारी गरिरहेका नेपालीलगायत अन्य देशका मजदुरलाई पनि अप्रत्यक्ष प्रभाव पार्ने देखिन्छ ।

दक्षिण कोरियाको ठूलो अर्थतन्त्र निर्यातमा निर्भर पर्छ, तर पछिल्लो त्रैमासिकमा उत्पादित सामान निर्यातमा भारी गिरावट देखिएको छ ।

यातायातका साधन तथा स्मार्ट फोनहरूको निर्यातमा १३दशमलव ६ प्रतिशतले गिरावट आएको छ । निर्यातमा आएको यो गिरावट सन् १९७४ पछिको सबैभन्दा धेरै हो ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  १ : १० बजे

पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको

नेपालद्वारा चीनको सिजाङ क्षेत्रमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल सरकारले चीनको सिजाङ स्वायत्त क्षेत्रको उत्तरी भागमा

द्वन्द्वकालमा मोओवादी लडाकुको सुरक्षित सेल्टर अहिले पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

दक्षिण अफ्रिका मिलर कर्णालीमा आबद्ध

काठमाडौं । दक्षिण अफ्रिकाका क्रिकेटर डेविड मिलर नेपाल प्रिमियर लिग

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन