१७ माघ २०८२, शनिबार | January 31, 2026

तिलोत्तमामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा आगामी फागुनबाट प्रतियोगिता संचालन गर्न सकिने



बुटवल । रुपन्देहीको तिलोत्तमामा निमार्ण भै रहेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको पहिलो चरणको काम सम्पन्न भएको छ । करीब ६ महिनाको अवधिमा पहिलो चरणको काम सम्पन्न भएको हो ।

आज पत्रकार भेटघाट गर्दै एक्स्ट्राटेक ओभल प्रालिका निर्देशक बिनोद कुँवरले आफूहरुले करीब ६१ दिनको कार्यवधिमा अहिलेको पूर्वाधार तयार भएको बताए ।

तिलोत्तमा नगरपालिकाको–१७ पूर्व दरखसवामा रहेको मैदानमा आगामी फागुन १ गतेबाट प्रतियोगिता आयोजना गर्न मिल्नेगरी तयार हुने कुवरले जानकारी दिए । मैदानको दिगोपनाका लागि आफूहरु एकेडेमी सञ्चालन गरेर आर्थिक पाटोलाई ब्यवस्थापन गर्ने सोच रहेको पनि उनले बताए ।

तिलोत्तमाको दरखसवामा असोजको तेस्रो हप्ताबाट पहिलो चरणको कार्य शुरु भएको थियो । ३ हजार ट्रिपर माटो राखेर मैदान सम्याईएको छ भने मैदानमा दुबो लगाउने काम सम्पन्न गरिएको छ । मैदान वरपर ड्रेन निर्माण गर्नुका साथै फेन्सिङ गरिएको छ । मैदानमा ७ वटा पीच तयार भएका छन् । साईड स्क्रिनको काम यो हप्तामै सम्पन्न हुने तयारीमा छ ।

माघबाट दोस्रो चरणको काम शुरु हुने र यसमा पेभेलियन, चेन्जिङ रुम, क्यान्टिन, टेक्निकलका लागि रुमहरुको निर्माण तथा ५ हजार क्षमताको प्याराफिट समे निर्माण सुरु हुने कुवरले बताए । चैतबाट साईडको सानो मैदानमा प्रतियोगिता अवधिमा प्रशिक्षणका लागि मैदान निर्माणको काम सुरु गरिने कुँवरले बताए ।

यसैगरी अर्को चरणमा मिडिया सेन्टर र थप प्याराफिट निर्माणको कार्य शुरु हुने उनले जानकारी दिए। प्रत्येक वर्ष ५ हजार दर्शक क्षमता थप्दै ४ वर्षभित्र २५ हजार दर्शक क्षमताको क्रिकेट मैदानलाई रंगशालाको स्वरुपमा निर्माण सम्पन्न गर्दा ४० करोड रुपैया लाग्ने अनुमान गरिएको छ।

पत्रकार सम्मेलनमा बोल्दै प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले खेल विकासको आधार नीति नियम, पुर्वाधार विकास र खेलकुद गतिविधि मुख्य ३ खम्बाका रुपमा रहेको बताए । कुनै एउटा पक्ष बिना विकास अघि बढ्न नसक्ने भन्दै उनले निजी क्षेत्रको लगानीमा निर्माण गरेर सरकारलाई सहयोग भएको बताए । प्रदेशबाट गरिने प्रतियोगिताको लागि आफ्नो क्षेत्रबाट सहयोग गर्न तयार रहेको उनले बताए ।

कार्यक्रममा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनले रंगशालामा होस्टेलसहितको एकेडेमी र ट्रेनिङ सेन्टर संचालन हुने जानकारी गराए । रंगशाला कम्पाउण्डमा चार तलाको भवन बनाई एक सय जनालाई एकेडेमीमा राखेर प्रशिक्षण दिईने योजना रहेको जनाए । नेपालले टेष्ट मान्यता पाउन प्रत्येक प्रदेशमा एक मैदान आवश्यक पर्ने बताउँदै उनले काठमाडौ बाहिर दुई वटा अन्तराष्ट्रिय मैदान रहेको रुपन्देही भएकोले यो जिल्ला अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाउन सक्ने भएको समेत बताए।

युएईमा लामोसमय बसेर आबुधावीको शेख जायेद अन्तराष्ट्रिय क्रिकेट रंगशालामा क्युरेटरको जिम्मेवारी लिएका माधव पाठकले एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा सात वटा पिच तयार भएको बताए । पिचलाई ७० मिटरको बाउण्डरी दिन सकिने गरि तयार भएको उनले बताए। पिचको गुणस्तर निक्कै उत्कृष्ट भएको उनको दाबी छ ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ७ : ०८ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले