२९ भदौ २०८३, सोमबार | September 14, 2026

सिद्धार्थनगर नगरपालिकामा एडिबीको नयाँ परियोजना



भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा विकास-निर्माणका निम्ति सहयोग गर्दै आएको बहुपक्षीय निकाय एसियाली विकास बैङ्क (एडिबी) ले नयाँ विकास परियोजना सुरु गर्ने भएको छ । सिद्धार्थनगर नगर पालिकाले नगरको विकासका लागि प्रस्ताव गरेको योजनामा एडिबीले सघाउने जानकारी दिएको छ ।

“हामीले प्रस्ताव गरेका आयोजनामा एडिबीले सहयोग गर्ने जानकारी प्राप्त भएको छ”, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले भने, “अब थप प्रक्रिया अगाडि बढाउँछौँ, परियोजनाले नगरको मुहार फेर्नमा मद्दत पुग्नेछ ।” उनले आफुहरू नगरको विकासका निम्ति लागिपरेको र अन्य परियोजना पनि नगर क्षेत्रमा समावेश गराउन डटेर लागेको बताए ।

एडिबीको ऋण सहयोगमा नगरपालिका क्षेत्रका सडकमा पैदलयात्री मार्ग, पानीको निकासका निम्ति नाला, साइकल चलाउन बेग्लै बाटो, डण्डा नदीलाई करिडोरको रुपमा विकास गरिनेछ । परियोजनाअन्र्तगत साढे २६ किलोमिटर सडक कालोपत्र गरिनेछ ।

यही मङ्सिर २८ गते एडिबीले नेपालको दिगो पर्यटन प्रवर्द्धन गर्दै स्थानीय बासिन्दालाई गुणस्तरीय जीवनयापनमा सघाउने उद्देश्यले जीवनयापान सुधार परियोजना कार्यान्वयन गर्न रु १६ अर्ब ६० करोडको वित्तीय सहायता उपलब्ध गराउने घोषणा गरेको थियो ।

पर्यटनका माध्यमबाट स्थानीय अर्थतन्त्रलाई सबल बनाउन देवदह, लुम्बिनी सांस्कृति, सैनामैना, सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकाका साथै जनकपुर उपमहानगरपालिका र पोखरा महानगरपालिकाको आर्थिक वृद्धिमा सघाउन उक्त सहायता घोषणा भएको थियो ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ७ : ४१ बजे

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा

कांग्रेस संस्थापनले महाधिवेशनमा सहभागी हुन गरेको आह्वानको इतर पक्षले आज जवाफ दिने

काठमाडौं । नेपाली कांग्रेस देउवा समूहले सोमबार पत्रकार सम्मेलनमार्फत १५औं

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

भक्तपुर । भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा

गुल्मीमा माइत जाँदै गरेकी महिलालाई निस्ती खोलाले बगायो

गुल्मी । माइत जाने क्रममा खोलाले बगाउँदा गुल्मीमा एक महिला

राजनीतिक प्रदर्शनमा नेपाली सङ्ग्रहालयको सुरक्षा जोखिम उच्च : अध्ययन

काठमाडौं । नेपालमा राजनीतिक आन्दोलन तथा हुलदङ्गाको समयमा सङ्ग्रहालयको सुरक्षा