१० असार २०८३, बुधबार | June 24, 2026

बुटवलमा मानित विश्वविद्यालय सम्बन्धी अन्तरक्रिया कार्यक्रम हुदै



बुटवल । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसले मानित विश्वविद्यालय सम्बन्धी अन्तरक्रिया तथा प्रतिवद्धतात्मक कार्यक्रम आयोजना गर्ने भएको छ । २०३८ सालमा जनस्तरवाट स्थापना भई सञ्चालनमा आएको क्याम्पसले पाँच वटा आफ्नै स्वायत्त कार्यक्रम संचालन गरिरहेको छ ।

निकट भविष्यमै मानित विश्वविद्यालयमा रुपान्तरण हुने लक्ष्यका साथ अगाडी बढिरहेको क्याम्पसले श्रावण १० गते प्रदेश सरकार प्रदेश ५ का माननीय मन्त्रीहरु, प्रदेश सभा सदस्यहरु, नगर प्रमुखहरु, उद्योग वाणिज्य संघ तथा व्यापार संघका अध्यक्षहरु, क्याम्पस व्यवस्थापन तथा विकास परिषद्का सदस्यहरु, राजनैतिक दलका प्रतिनिधिहरु, विद्यार्थी संगठन, पत्रकार, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत सरोकारवालाहरुको उपस्थितिमा अन्तरक्रिया तथा प्रतिवद्धतात्मक कार्यक्रम आयोजना गरेको हो ।

अन्तरक्रिया कार्यक्रमवाट क्याम्पसले मानित विश्वविद्यालय स्थापनार्थ आवश्यक जग्गा व्यवस्थापनमा सहयोग, कोषहरु स्थापनार्थ आर्थिक सहयोग, विज्ञान तथा प्रविधितर्फ आवश्यक दक्ष प्राध्यापक तथा कर्मचारीको व्यवस्थापनमा सहयोग, उत्पादित जनशक्तिलाई उचित व्यवस्थापनमा सहयोग, भौतिक पूर्वाधारहरु निर्माणमा सहयोग लगायतको प्रतिवद्धता प्राप्त हुने अपेक्षा गरेको क्याम्पस प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्यायले जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त क्याम्पसले विश्वविद्यालय अनुदान आयोगद्धारा दोश्रोपटक गुणस्तर सुनिश्चितता तथा प्रत्यायनको प्रमाणपत्र प्राप्त गरिसकेको छ भने नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयवाट २०७५ सालमा नेपालकै सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रुपमा र प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकार प्रदेश नं. ५ वाट प्रदेश प्रज्ञा पदक द्धितिय २०७६ वाट पनि विभुषित भएको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ६ : २२ बजे

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया

बुटवल उपमहानगरको ३ अर्ब ९९ करोडको बजेट सार्वजनिक

बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ३

नेपालगन्ज उपमहानगरको बजेट १ अर्ब, ७६ करोड ६४ लाख

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको १९ औं नगरसभा नेपालगन्जमा सुरु भएको

चिमखोलाको पहिचान र म्याग्दीको गौरव थाली नाच

बेनी । दुवै हातका पञ्जामा चम्किला थाली । गीतको लयसँगै

महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम

बुटवल । महिलालाई सीपसँगै उद्यमशीलतासँग जोड्ने उद्देश्यले सिद्धार्थनगर नगरपालिका–७ नं