२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

सुस्तामा रोकिएन बाँध कटान, स्थानीय चिन्तित



नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीमाथि निर्माण गरिएको बाँध कटान हुन थालेपछि स्थानीय चिन्तित बनेका छन् । सुस्ता गाउँपालिका-५ मा नारायाणी नदीको पानी बस्तीमा पस्नबाट रोक्ने उद्देश्यले बाँध निर्माण गरिएको थियो ।

नदीमा पानीको उच्च बहावले बाँध कटान सुरु गरेपछि स्थानीयले सुस्ता जोगाउन अस्थायी बाँध निर्माण गरिरहेका छन् । ‘सुस्ता बचाउ अभियान’का प्रवक्ता रवीन्द्र जैसवालले बस्तीलाई कटान र डुबानबाट बचाउन स्थानीयको सक्रियतामा बाँध निर्माण गरिएको जनाउँदै गएरातिदेखि नदीमा पानीको बहाव उच्च हुँदा कटान सुरु भएको बताए ।

सुस्ताका नागरिकले हप्ता दिनदेखि नारायणीको पानीलाई बस्तीमा पस्न नदिन बोरामा बालुवा, तारजाली, माटो, खरपातलगाय सामग्रीले अस्थायी बाँध निर्माण गरी रोक्ने प्रयास गरेका छन् ।

यसैबीच, सुस्तालाई नारायणीको जोखिमबाट जोगाउन सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुर चितवनले पहिलो चरणमा रु ११ करोड ५० लाख लागतमा करिब एक किलोमिटर तटबन्धन निर्माण गरेको आयोजनाका इन्जिनियर बेलबहादुर विश्वकर्माले बताए ।

“सोही ठाउँबाट जोडेर दोस्रो चरणमा थप रु एक करोड ४६ लाखको लागतमा आयोजनाले १३२ मिटर तटबन्धनको काम सुरु गर्ने योजना थियो । दीर्घकालीन समाधान हुन नसक्दा समस्या आइरहेको हो । अहिले पनि नारायणीको पानीले कटान गरिरहेको छ”, उनले भने ।

प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार  ३ : २६ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य