३१ श्रावण २०८३, आइतबार | August 16, 2026

आजदेखि प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता सुरु हुँदै



काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै छ । ७ प्रदेश र विभागीय टोली एपीएफसहित ८ टोली सहभागी प्रतियोगिता पहिलो पटक सिंगल राउन्ड रोबिनका आधारमा सञ्चालन हुनेछ । १४ दिन चल्ने प्रतियोगितामा ३२ खेल हुनेछ ।

राउन्ड रोबिन लिगपछि प्लेअफ, इलिमिनेटर र फाइनल खेल हुनेछन् । पहिलोपटक राउन्ड रोबिनका आधारमा प्रतियोगिता सञ्चालन हुन लागेकामा सहभागी सबै टिमका कप्तानले खुसी व्यक्त गरेका छन् ।

अघिल्ला संस्करणमा सहभागी टोलीलाई समूहमा विभाजन गरेर प्रतियोगिता सञ्चालन हुँदै आएको थियो । यसपटक एउटा टोलीले कम्तीमा ७ खेल खेल्ने छ ।

प्रतियोगिताको पहिलो दिन आज चार खेल हुनेछन् । त्रिवि मैदानमा हुने पहिलो खेलमा बागमती प्रदेश र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुने छ भने दोस्रो खेलमा गण्डकी र लुम्बिनी आमनेसमाने हुनेछन् ।

मूलपानीमा साबिक विजेता सुदूरपश्चिमले एपीएफको सामना गर्दा दोस्रो खेलमा कर्णाली र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

राष्ट्रिय खेलकुद परिषद्को वार्षिक कार्यक्रमअन्तर्गत नेपाल क्रिकेट संघ क्यानको व्यवस्थापनमा हुने प्रतियोगिता टीट्वेन्टी ढाँचामा सञ्चालन हुनेछ ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ८ : ५० बजे

यो पार्टी पुनर्गठनको समय होइन, यो त जनतामा पुनर्जागरण गराउने बेला हो : ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यतिखेर पार्टी

आफै ग्यास बेच्ने निर्णयबाट पछि हट्यो निगम, सोमबारदेखि बिक्रेताबाट ग्यास बिक्री गरिने

काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि सम्बन्धित

दोरम्बा हत्याकाण्डका सहिदको सपना अझै अधुुरो : नारायणकाजी श्रेष्ठ

रामेछाप । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले दोरम्बा

भाइरल ज्वरोपछि पूर्वाधारमन्त्री लम्साललाई सेनाको स्काई ट्रकबाट काठमाडौं ल्याइयो

काठमाडौं । सुदूरपश्चिमको पूर्वाधार अवस्थाको निरीक्षण तथा जनताका समस्या बुझ्न

बागलुङमा विपद् : आठ घरमा क्षति, ४० उच्च जोखिममा

बागलुङ । बागलुङ जिल्लाको पश्चिममा पर्ने निसीखोला गाउँपालिकामा विपद्का कारण