१९ असार २०८३, शुक्रबार | July 4, 2026

नेपालगन्जका मुख्य मासु बजारमा सडेको मासु बेचबिखन



नेपालगन्ज । नेपालगन्ज र त्यस आसपासका मासु पसलहरुमा सडेको खान अयोग्य मासु बेचबिखन हुने गरेको पाइएको छ । लामो समय बजार अनुगमन नगर्ने प्रबृत्तिका कारण ब्यवसायीहरुले मनोमानी खान अयोग्य मासु बेचबिखन गरेका हुन् ।

लामो अन्तरालमा जिल्ला प्रशासन कार्यालयको सक्रियतामा भएको बजार अनुगमनमा २६ केजी खसी र ५७ केजी खान अयोग्य बनिसकेको कुखुराको मासु फेला परेको हो । राजश्व प्रशासन र स्थानीय तहको निश्क्रियताका कारण त्यस्ता मासुपसलहरुले बिल बिजक नराख्ने, फर्म नविकरण नगर्ने तथा मापदण्ड विपरित मासुको कारोबार गर्ने गरेको अनगुमनका क्रममा फेला परेको थियो । त्यस्ता पसलहरुलाई चेतावनी सहित जरिवाना गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जनाएका छन् ।

प्रजिअ पोखरेलका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी लाल बहादुर गुरुङको नेतृत्वमा खटिएको सरोकारवाला निकाय सहितको टिमले राँझा र मासुमण्डी बाँके बगिया क्षेत्रका १४ वटा माछारमासु बिक्री पसलको आकस्मिक अनुगमन गर्दा ५ वटामा कैफियत पाइएको थियो ।

पोखरेलले अनुगमनका क्रममा राँझाका न्यु मनिशोभा फ्रेस हाउस, दानिस फ्रेस हाउस र न्यू भेरी मिट एण्ड दाना सप्लायर्सले बिना बिजक कारोबार गर्ने गरेको जनाएका छन् । अनुगमन टोलीले न्यु मनिशोभा फ्रेस हाउसबाट ५० केजी आन अयोग्य मासु बरामद गर्दै बिलरबिजक बिना कारोवार गरेको भन्दै २० हजार जरिवाना गरेको छ । त्यस्तै राँझाका दानिस फ्रेस हाउस र न्यू भेरी मिट एण्ड दाना सप्लायर्सलाई पनि बिलबिजक बिना करोबार गरेको भन्दै २० हजार जरिवाना गर्दै दानिसबाट ८ केजी खसीको मासु र न्यू भेरीबाट ७ केजी कुखुराको खान अयोग्य बनेको मासु बरामद गरि नष्ट गरिएको प्रजिअ पोखरेलले जानकारी दिएका छन् ।

यता नेपालगन्जको मुख्य मासु बजार बाँके बगियामा पनि खान अयोग्य मासु फोला परेको अनुगमन टोलीलले जनाएको छ ।

बाँके बगियाको मो. मुर्तजा मासु पसलबाट ९ केजी सडेको खसीको मासु बरामद गर्दै बिलरबिजक बिना कारोवार गरेकोले १० हजार जरिवाना गरिएको टोलीले जानकारी दिएको छ । टोलीका अनुसार सलिम अहमद खसी मासु फ्रेस हाउस, बाँके बगियाबाट पनि ९ केजी सडेको खसीको मासु बरामद गरेको छ भने त्यस पसलको संचालकलाई पनि बिलरबिजक बिना कारोवार गरेको भन्दै १० हजार जरिवाना गरिएको छ ।

अनुगमन टोलीले नेपालगंज-१३, बाँके बगियामा रहेको मासु मण्डीका १३ वटा मासु पसलका सञ्चालकहरुलाई संयुक्त रुपमा भेला गराई बिशेषज्ञ तथा पशु चिकित्सकबाट मासु सम्बन्धि प्रशिक्षण गराई आवश्यक निर्देशन समेत दिइएको प्रजिअ पोखरेलले बताए ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ४ : ३० बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०