२९ भदौ २०८३, सोमबार | September 14, 2026

नेपाल मगर संघले शनिबार लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा विशाल सभा गर्ने



बुटवल । नेपाल मगर संघका केन्द्रीय सह अध्यक्ष दल बहादुर विरकट्टा मगरले संघीयताको मूल मर्म अनुसार काम नहुँदा यसको विरुद्धमा आवाज उठ्न थालेको बताए ।

विभिन्न धार्मिक समूह तथा जातीय समूहको नाममा संघीयतामाथि प्रहार हुनुका साथै पहिचानको मुद्दालाई हराउन खोजिएको उनको आरोप छ ।

मगर समुदायको भाषा संस्कृति र पहिचानका लागि संघले विगतदेखि आन्दोलन गर्दै आएको बताउँदै उनले संघीयताको मर्म आदिवासी जनजातीको अधिकार र पहिचान स्थापित हुन नसकेको उल्लेख गरे ।

मगर भाषा संस्कृतिको रक्षाका लागि यही समुदायबाट निर्वाचित जनप्रतिनिधि तथा सांसदहरुले समेत गम्भिर नभएको टिप्पणी गरे ।

शनिवार लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी दांगमा हुने नेपाल मगर संघको बृहत मगर जनसभा बारे जानकारी गराउन बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विरकट्टाले मगर सांसदहरु मगरहरुको पक्षमा बोल्न नसकेको टिप्पणी गरे ।

संबिधानमा व्यवस्था भएको कुरालाई कानुन बनाएर कार्यान्वयन गर्न नसक्दा मगर समुदायको हकअधिकार सुरक्षित हुन नसकेको धारणा राखे । उनले पूर्ण समानुपातिक प्रतिनिधित्व, सामथ्र्य र पहिचान सहितको संघीयता मगरात प्राप्तीको लागि आन्दालित हुन थप उर्जाशिल हुने संकल्प गर्दै लुम्बिनी प्रदेशमा मगर र थारु भाषालाई सरकारी कामकाजी भाषाको रुपमा अविलम्ब कार्यान्वयन गराउन दवाव मुलक जनसभा आयोजना गरिएको बताए ।

‘संविधानका प्राप्त उपलब्धिहरुको रक्षा गर्दै आत्मसम्मान सहितको जातीय पहिचानका लागि एक जुट हौं ।’- भन्ने मूल नाराका साथ हुने जनसभामा ५० हजार बढीको उपस्थिती हुने आदीवासी जनजाती पत्रकार महासंघका रुपन्देही अध्यक्ष सोनु थापाले दावी गरे । कार्यक्रममा नेपाल मगर संघ रुपन्देहीका अध्यक्ष आन बहादुर सोती, सचिव थर्क बहादुर बाह्रघरेले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ४ : ५५ बजे

ग्याँस संकट : घरधनी छतमा दाउरा बालेर पकाउने, डेरावाल भोकै !

काठमाडौं । अहिले सबै नागरिकको गुनासो एउटै छ–ग्याँस पाइएन ।

भोटेकोशी बाढी प्रभावित पाँच जिल्लाका जनप्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त

भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति

काठमाडौं । रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका

भोटेकोशी बाढी : १३ सय ९२ को शव फेला, चार हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीका कारण हालसम्म एक हजार

फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण

रसुवा । रसुवा-नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी