३० बैशाख २०८१, आइतबार | May 12, 2024

कालिकाका लेख बहादुरलाई ५ किलोमिटर दौडको उपाधी



बुटवल । कालिका मानव ज्ञान माविको ६३ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा जारी तेस्रो जिल्ला स्तरीय कालिका रनिङशिल्ड प्रतियोगिता २०८० अन्तरगत शुक्रबार भएको ५ किलोमिटर दौडको उपाधि कालिका मानव ज्ञान माबिका लेख बहादुर झेडी मगरले हात पारेका छन । उनले १७ मिनेट ६ दशमलव ६१ सेकेन्डमा दौड पूरा गरि प्रथम भएका हुन ।

उनी गतवर्ष पनि विजेता थिए । कालिका कै सलामुद्घिन अन्सारीले १७ मिनेट २० दशमलव ७६ सेकेन्डमा दुरी पार गर्दै दोस्रो तथा नवीन औद्योगिक माविका दिपक विश्वकर्माले १७ मिनेट ३० दशमलव ६९ सेकेन्डमा दुरि पार गर्दै तेस्रो भए । शान्ति स्कुलका अन्सुल श्रेष्ठ १७ मनिेट ३४ दशमलव ८९ सेकेण्डमा दुरि पार गर्दै चौथो भएको खेल संयोजक हरिस ओलीले बताए ।

विजेता, उपविजेता खेलाडीहरुलाई शनिबार औपचारिक कार्यक्रमका बीच पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा २२ विद्यालयका ३० जनाले भाग लिएका थिए । प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न सफल भएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बताए ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ५ : ०१ बजे

संसदीय उपसमितिद्वारा मेलम्ची आयोजनाको अनुगमन

सिन्धुपाल्चोक । संसदको पूर्वाधार विकास समितिअन्तर्गतको खानेपानी उपसमितिले राष्ट्रिय गौरवको

चिदिका-रुपन्देही सम्पर्क समाजमा गीता ज्ञवाली

बुटवल । चिदिका-रुपन्देही सम्पर्क समाज बुटवलको अध्यक्षमा गीता ज्ञवाली चयन

गायक रवि ओडले गरे आत्मसमर्पण

धनगढी । नेपाल आइडल सिजन २ का विजेता रवि ओडले

एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक आज पनि जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि

कोलकोता आइपिएलको प्लेअफमा

काठमाडौं । कोलकोता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) को