१८ असार २०८३, बिहिबार | July 2, 2026

एम जी क्लबको आयोजनामा खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुदैं



बुटवल । ‘सम्पूर्ण युवा एक हौं, समृद्ध समाज बनाऔं’ भन्ने मूल नाराकासाथ स्थापित एम जी क्लब बुटवलले राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ । क्लबले यही पुस ९ गते सोमबार ‘प्रथम एमजी कप २०८०’ आयोजना गर्ने भएको हो ।

रुपन्देहीको तिलोत्तमा-६ स्थित तिलोत्तमा ब्याडमिन्टन क्लबको कभर्ड हलमा हुने प्रतियोगितामा खुल्ला मेन्स डबल र भेट्रान्स मेन्स डबल गरि दुई विधामा प्रतिस्पर्धा हुने खेल संयोजक वसन्त बहादुर चर्तीले जानकारी दिए । प्रतियोगितामा मेन्स डबलतर्फको विजेताले ४० हजार नगद राशीसहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले २५ हजार तथा अन्तिम ४ मा पुग्ने २ समूहलाई १५ हजार नगद राशीले सम्मान गरिने संयोजक चर्तीले जानकारी दिए । यसैगरि भेट्रान्सतर्फ विजेताले नगद ३० हजार, कप, मेडल र प्रमाणपत्र पाप्त गर्ने छ । यसैगरि उपविजेताले २० हजार र अन्तिम ४ मा पुग्ने २ समुहले १० हजार नगद राशी प्राप्त गर्नेछन् ।

प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट गरि मेन्स डबलतर्फ ६४ तथा भेट्रान्सतर्फ पनि सोही सङ्ख्यामा टिम सहभागी हुने बताईएको छ । राष्ट्रिय टोलीमा सहभागी उत्कृष्ट २० सम्म रहेका खेलाडीले भने सहभागी हुन नपाउने क्लबका अध्यक्ष राबहादुर सिंजालीले जानकारी दिए । यसैी भेट्रान्सतर्फको खेलमा प्रत्येक समुहमा एक जना अनसवार्य ४५ वर्ष उमेर पुगेको र एक जना ४० वर्षमाथिको भए पनि हुने उनले बताए । प्रतियोगितामा सहभागी हुन खुल्लातर्फ ३ हजार र भेट्रान्सतर्फ २५०० प्रवेश शुल्क लिइने उनले बताए ।

प्रतियोगिता सम्पन्न गर्न ७ लाख खर्च अनुमान गरिएको बताउँदैं क्लबका महासचिव निल बहादुर कुंवरले खेलाडीका लागि खाना तथा नास्ताको समेत व्यवस्था गरिएको जानकारी दिए । प्रतियोगितामा आयोजक क्लबका तर्फबाट ७ समुहले सहभागिता जनाउने भएका छन् । पाल्पाबाट बसाई सरी रुपन्देहीमा आएकाहरु मिलेर स्थापना गरिएको एमजी क्लबमा हाल ८० जना सदस्य रहेका छन् ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  १ : ०५ बजे

विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा रहेका नेकपा एमालेका

कर्णाली राजमार्गमा सवारी दुर्घटना, एकजनाको शव फेला

सुर्खेत । कर्णाली राजमार्गमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

रासायनिक मल वितरणमा अनियमिता रोक्न मन्त्रीबाटै निगरानी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा रासायनिक

राम्दीको ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा

तानसेन । पाल्पा र स्याङ्जाको सङ्गमस्थल राम्दीस्थित कालीगण्डकी नदीमाथिको ‘सिग्नेचर

पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि

काठमाडौं । सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३