६ जेष्ठ २०८१, आइतबार | May 20, 2024

डिजिटल मिडियाले धेरै अवसर दिएको छ : अर्थमन्त्री महत



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले युवा पुस्तामा क्षमता, योग्यता, कल्पनाशीलता र समर्पण छ भने हामीसँग प्रशस्त सम्भावना भएको डिजिटल प्लेटफर्म भएको बताएका छन् ।

आइएन युथ इन्टरपेनियर फोरम  नेपाल स्टार्ट अप फेस्ट २०२३ को उद्घाटन गर्दै मन्त्री डा. महतले भने, ,‘डिजिटल प्लेटफर्मले बिजनेशलाई मात्र होइन, हरेक क्षेत्रलाई अवसर दिन्छ । जो उत्पादनमा लागेका छन्, उनीहरुले डिजिटल प्लेटफर्ममार्फत् बजारमा सजिलै पहुँच पुर्याउन सक्छन् । न्यून खर्चमा आम्दानी बढाउन सक्नेछन् ।’

‘यो अवसर सबैका लागि उपलब्ध छ, त्यसले युवा उद्यमीहरु सहज महसुस गर्छन् । त्यसैले सरकारले आईटी नीति बजेटमार्फत् व्यवहारिक कार्यान्वयनतर्फ लगिएको छ’ मन्त्री डा. महतले भने, ‘५० प्रतिशतभन्दा थोरै हामीले कर लगाउने व्यवस्था गरेका छौं । र, जसको व्यवसायले फड्को मार्दैछ र नेपाल बाहिर पनि सुरुवात गर्न चाहन्छ, उनीहरुका लागि पनि आफूले कमाएको आम्दानीको केही हिस्सा बाहिर लगानी गर्न सक्ने व्यवस्था गरिएको छ ।’

राज्यले दिएको यो सुविधाले आईटी बिजनेश बढाउन मद्दत पुग्ने मन्त्री डा. महतको भनाई छ  । मन्त्री महतका अनुसार यसले बिजनेश सुरु गर्न र वृद्धि गर्न मद्दत पुग्नेछ । आउँदा दिनमा आईटी नीति अझ सहज हुने जानकारी दिनुहुँदै मन्त्री डा. महतले भने,  ‘नेपाली युवाहरुलाई जुन क्षेत्रमा उहाँलाई काम गर्ने मन छ, त्यसमा सरकारले कसरी सहजीकरण गर्न सरकार तयार छ ।’

नेपालको आर्थिक विकासमा सूचना प्रविधि क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको बताउँदै उनले भने ‘अहिले पनि ठूलो मात्रामा विदेश सफ्टवेयर निर्यात हुँदैछ । नेपालभित्रै पनि विभिन्न डमोस्टिक क्षेत्र विकसित हुँदैछ । जसले गर्दा विभिन्न क्षेत्रको विजनेश व्यवसाय सहज हुँदैछ, लागत घट्दैछ । यसमा सरकारले सकेसम्म योगदान दिनुपर्छ ।’

उनले अगाडि भने  ‘आईटी सेक्टरमा निर्यात बढिरहेको छ, आउँदा दिनमा अझ बढ्छ । यसको संस्थागत विकासमा युवा पुस्ताको महत्वपूर्ण भूमिका हुन्छ । युवा विदेश पलयानलाई रोक्न पनि आईटीलाई प्रवद्र्धन गर्न जरुरी छ ।’

‘झन्डै ४० प्रतिशत युवा यो क्षेत्रसँग जोडिएको कार्यक्रममा बताइयो । १२ कक्षापछि विदेश जाने चलन छ, तिनीहरुलाई रोक्नुपर्छ । हेर्दा विदेशमा रमाइलो जस्तो देखिन्छ, तर त्यो सबैका लागि हुँदैन’ मन्त्री डा. महतले भने, ‘१२ कक्षापछि विदेश जाने परम्परालाई रोक्न यही प्लेटफर्ममार्फत् थाल्न अनुरोध गर्दछु ।’

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ३ : २४ बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र