४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

राष्ट्र सङ्कटपूर्ण घडीमा उभिएको छ, कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्छ : सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र सङ्कटपूर्ण अवस्थामा उभिएकाले आफू नेतृत्वको पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस बागमती प्रदेशको पहिलो सम्मेलन आज उद्घाटन गर्दै सभापति देउवाले भने, “राष्ट्र अहिले दोधारमा उभिएको छ, अहिलेको बेला सबैले मिलेर र खासगरी कांग्रेसले नेतृत्वदायी भूमिकामा बसेर काम गर्न जरुरी रहेको छ ।”

पूर्वप्रधानमन्त्री देउवाले गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था महत्त्वपूर्ण भएको दाबी गर्दै यो व्यवस्था समावेशितामा आधारित व्यवस्था भएको बताए । उनले पार्टीलाई अझै सुदृढ गर्दै तल्लोस्तरबाटै पूर्णरूपमा प्रतिबद्ध गराई बलियो बनाउन लाग्नुपर्ने बताए ।

कांग्रेस उपसभापति धनराज गुरुङले संसद् सञ्चालन हुन ढिलो भए अध्यादेशमार्फत सङ्घीय निजामती ऐन ल्याउने बताए । उनले सङ्घीय प्रहरी ऐन, सङ्घीय कर्मचारी ऐन र शिक्षा विधेयक संसद् सञ्चालन हुन ढिलो भए अध्यादेशमार्फत ल्याउने स्पष्ट पारे ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गुरुङले स्थानीय तहलाई अधिकारसम्पन्न बनाउन छिट्टै सङ्घीय कानुनहरू पारित गर्ने तयारीमा रहेको बताए । उनले कांग्रेसको आनीबानी र व्यवहारमा सुदृढ गर्न आवश्यक रहेको बताए ।

पार्टी महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसको प्रदेश सम्मेलन भइरहँदा हरेक ठाउँमा प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने माग उठेको भन्दै प्रदेश सरकारले राखेका माग पूरा गर्न पार्टी र सरकार लाग्नुपर्ने बताए । उनले कांग्रेस महासमिति बैठकसम्म अधिकार सम्पन्न बनाउने गरी कानुन आएन भने महासमितिको बैठकबाट निर्णय गरेर कांग्रेसले सिंहदरबार घेर्ने बताए ।

कार्यक्रममा बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले केन्द्रले प्रदेशलाई अधिकार दिन कन्जुस्याइँ गरेको बताए । सम्मेलनमा बागमती प्रदेशका १३ जिल्लाका ६६ सङ्घीय निर्वाचन क्षेत्रका करिब सात सय ८२ जना प्रदेश प्रतिनिधि, बागमती प्रदेशका सङ्घीय सांसद, प्रदेशसभा सदस्य, प्रतिनिधिसभा क्षेत्रीय सभापति, नगरपालिका/गाउँपालिकामा निर्वाचित प्रमुखरउपप्रमुख, अध्यक्षरउपाध्यक्ष तथा बागमती प्रदेशका एक सय १९ पालिका सभापतिको सहभागिता थियो ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ८ : २५ बजे

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना

काठमाडौं । ‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले

प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ

संसदीय छानबिन समिति बनाउन विपक्षी दल एकजुट

काठमाडौं । प्रतिनिधिसभामा विपक्ष दलहरुले कांग्रेसले उठाएको सहकारी प्रकरणमा संसदीय

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो

रसुवा । नेपालको उत्तरीनाका रसुवागढीबाट आयात हुने चिनियाँ सवारी साधनको

राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले १६औं अखिल नेपाल कानुन व्यवसायी