६ श्रावण २०८३, बुधबार | July 23, 2026

नेपालगन्जमा ब्यवसायीहरुको विरोधसभा



नेपालगन्ज । बैंकले बढाएको ब्याजदर विरुद्ध बाँकेका उद्योगी, व्यवसायीले बिरोध सभा गरेका छन् । नेपालगन्ज् उद्योग बाणिज्य संघ तथा व्यवसाय तथा व्यवसायिक उत्थान संघर्ष समिति, बाँके एवं नेपाल घरेलु तथा साना उद्योग महासंघ, बाँके÷बर्दियाको आयोजनामा नेपालगन्ज्को धम्बोझीचोकमा विरोध सभा गरिएको हो ।

ुधेरै पटक अरुका लागि लड्यौं, यसपटक आफ्ना लागि लडौुं भन्ने नाराका साथ शनिबार गरिएको व्यवसायिक विरोध सभामा ठुलो संख्यामा ब्यवसायीको उपस्थिती रहेको थियो । विरोध सभामा उद्योगी, व्यवसायीहरु कालो ब्यानगर र प्लेकार्ड सहित उपस्थित भएका थिए ।

व्यवसायीले सरकारको गलत वित्तिय नीति, अव्यवहारिक कर प्रणाली तथा अस्वस्थ भन्सार नीतिको विरोध गरेका छन् । ब्यवसायीहरुले विभिन्न १४ बुँदे माग राखेर बाँके र बर्दियाका सबै पालिकाहरुमा कार्यक्रम गरेपछि शहर केन्द्रित आन्दोलन सुरु गरेका हुन् । अर्को चरणको आन्दोलनमा ब्यवसायीको व्यापार व्यवसाय बन्द गरेर ताला बुझाउने कार्यक्रम रहेको छ ।

सभामा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरी, महासंघका पूर्व केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष एवं व्यवसाय तथा व्यवसायिक उत्थान संघर्ष समितिका संयोजक टंकबहादुर धामी, उद्योग बाणिज्य संघ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेललगायतले व्यवसायीलाई सटरभित्र झुण्डिएर मर्नु भन्दा सडकमा कडा आन्दोलनमा सहभागी हुन आव्हान गरेका छन् ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ९ : ४८ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क