८ चैत्र २०८२, आइतबार | March 22, 2026

योमरी पुन्हीको अवसरमा तिलोत्तमामा योमरी महोत्सव



बुटवल । नेवाः समुदायको महत्वपूर्ण पर्व मध्यको योमरी पुन्हीको अवसर पारेर रुपन्देहीको तिलोत्तमामा योमरी नेवारी खाजा महोत्सवको आयोजना गरिएको छ । ‘झिगु कला, झिगु संस्कृति, झिगु पहिचान, झि नेवा:’भन्ने मूल नारासहित रुपन्देहीको तिलोत्तमामा सोमबारदेखि योमरी पुन्ही नेवारी खाजा महोत्सव आयोजना गरिएको हो ।

तिलोत्तमा-३ शान्तिचोकमा २ दिनसम्म सञ्चालन हुने महोत्सवमा प्रत्येक्ष योमरी बनाउने बिधि सिकाउनुका साथै नेवारी परिकार र नेवाः संस्कृति बारे सर्वसाधारणलाई जानकारी गराउने कार्यक्रम रहेको आयोजक भिमसेन नेवा समाज तिलोत्तमाले जनाएको छ ।

खाजा महोत्सवको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले उदघाटन गरे । उदघाटनको अवसरमा बोल्दै नगर प्रमुख खाँणले नेपालको ईतिहास र बवकासमा नेवार समुदायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । नेवार जातीको सँस्कृति र खानपान समय सान्दर्भिक रहेको चर्चा गर्दै खाँणले शरीरलाई चाहिले पोषणका आधारमा सँस्कृति र परिकार खाने प्रचलन रहेको उल्लेख गरे ।

नेवार समुदायले बनाउने योमरी र यसको महत्व बारे नयाँ पुस्तालाई समेत जानकारी गराउन आवश्यक रहेको उनले उल्लेख गरे ।

३ वर्ष अगाडि स्थापना भएको भिमसेन नेवाः समाजमा तिलोत्तमाका २७ घर परिवार आवद्ध रहेका छन् । नेवाः समुदायको चाडपर्व, नेपाल संवत भिन्तुना र्याली सहित विभिन्न सामाजिक क्रियाकलापमा नेवाः समाजले अगुवाई गर्दै आएको छ ।

नेवारी भाषा, संस्कृति र परिकारलाई जोगाउन सबै नेवाःहरु एकजुट हुन आवश्यक रहेको समाजका अध्यक्ष त्रिभुवन प्रधानाङ्गले बताए ।

सचिव सितुप्रसाद श्रेष्ठले संचालन गरेको कार्यक्रममा तिलोत्तमामा नेवाः अगुवाहरुले शुभकामना ब्यक्त गरेका थिए ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ५ : १९ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय