८ चैत्र २०८२, आइतबार | March 23, 2026

मुटुको सुरक्षाका लागि सावधानी उत्तम विकल्प : डा. विकास नेपाल



नेपालगन्ज । बरिष्ठ मुटुरोग बिषेशज्ञ डा. विकास नेपालले मुटु रोगबाट जोगिन सावधानी नै उत्तम विकल्प भएको बताएका छन् । दैनिक नेपालगन्जले आफ्ना सहकर्मी पत्रकार ऋषिराज गैरेको हृदयघातबाट निधन भएको ४५औं दिनको पुण्यथितिमा आयोजना गरेको मुटु सुरक्षा कसरी ? विषयक स्वस्थ्य प्रशिक्षण कार्यक्रममा बोल्दै डा. नेपालले मुटु रोग लाग्न नदिन सावधानी नै उत्तम विकल्प भएको बताउका हुन् ।

उनले मुटु रोग लाग्न नदिन अपनाउनु पर्ने जीवनशैली, लागि सकेपछि मुटुको हेरचाह र वर्तमान समयमा जीवनशैलीले मुटुमा पारेको असरबारे प्रशिक्षण दिए ।
डा. नेपालले शरीरका प्रत्येक अंगको डिमाण्ड र सप्लाई हुने गरेको त्यो असन्तुलित हुँदा अंगहरुले कुनै न कुनै लक्षण देखाउने गरेको बताए ।

उनले मुटुमा समस्या सुरु भएमा छाती दुख्ने, उक्त दुखाई सरेर घाँटी तथा शरीरको पछाडिको भाग दुख्ने, चिटचिट पसिना आउने, सास फेर्दा असहज, मुटुको धडकन छिटो चल्ने, दौडदा सास फेर्न गाह्रो हुने लक्षण देखिने जानकारी दिए । मुटुरोग लाग्ने वित्तिकै हार्ट अट्याक नहुने भन्दै डा. नेपालले मुटुरोग सम्बन्धी लक्षण देखिएमा चिकित्सकलाई अनिवार्य देखाउनु पर्ने बताए ।

‘लक्षण देखिने वित्तिकै उपचार सुरु गर्ने हो बिरामी बचाउन सकिन्छ, तर ढिलो गरी अस्पताल पुगे पनि बिरामीको ज्यान जाने गरेको छ’, उनले भने ।

उच्च रक्तचाप, सुगर, शारीरिक निष्क्रियता, धुम्रपान, तनाव, अस्वस्थकर खानपान मुटुरोगको कारण रहेको बताए । डा. नेपालले पहिले ५० बर्षमाथि उमेर समूहका लागि मात्रै हार्टअट्याक हुन्छ भन्ने मान्यता रहेपनि अहिले युवाहरुमा समेत मुटुको समस्या देखिने गरेको बताए । ‘हार्टअट्याक हुने युवामा प्रमुख कारण तनाव र धुम्रपान रहेको पाइन्छ’, उनले भने ।

दैनिक नेपालगन्जका प्रधानसम्पादक झलक गैरेले स्वागत गरेको कार्यक्रमको सञ्चालन, सहजीकरण स्वास्थ्यकर्मी जीवन शर्माले गरेका थिए । कार्यक्रममा सहभागीहरुको प्रेसर तथा तौल परीक्षण पनि गरिएको थियो ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ६ : ४० बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय