४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

भन्सारले बैध बनाएको मालवस्तु राजश्व अनुसन्धानबाट अबैध करार

चेकजाँच गरेर भन्सार छुटाउने कर्मचारीलाई उन्मुक्ति, ब्यवसायीलाई कारवाही



नेपालगन्ज । नेपालगन्जमा भन्सार जाँचपास भएर पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिने गरेकोे ट्रकहरुबाट राजश्व छली हुने गरेको पटक पटक पुष्टी हुने गरेको छ । भन्सारका कर्मचारीले चेकजाँच गरि प्रज्ञापनपत्र भरेर भन्सार असुल गरि बैध बनाइएका ट्रकहरुबाट लगातार राजश्व छली हुने गरेको पुष्टी भएपनि राजश्व प्रशासनले भन्सार कर्मचारीलाई उन्मुक्ति दिएर ब्यवसायीबाट जरिवाना र थप राजश्व असुल्ने गरेको छ ।

पछिल्लो घटना अनुसार नेपालगन्ज भन्सार पास भएर नेपालगन्ज भित्रिएको भारतिय नम्बर प्लेटको ट्रकबाट राजश्व छली भएको भन्दै राजश्व अनुसन्धान कार्यालयबाट थप ५ लाख ३७ हजार ३४१ रुपैयाँ राजश्व असुल गरिएको छ ।

भन्सार कर्मचारी र ब्यवसायीको मिलोमतोमा राजश्व छली गर्दै ट्रक भन्सार पास भएपनि राजश्वले ब्यवसायीसँग मात्र राजश्व असुल गरेको ब्यवसायीहरुले बताएका छन् । भन्सारको कर्मचारीको संलग्नताबिना राजश्व छली हुन नसक्ने भन्दै भन्सार भइसकेको मालवस्तुमा ब्यवसायीलाई मात्र दोषी बनाउनु न्यायसंगत नभएको नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले बताए । गलत गर्ने ब्यवसायीको पक्षमा संघ नभएको स्पष्ट पार्दै धामीले भन्सारका कर्मचारीले गरेको गल्तीमा ब्यवसायीलाई दोषी बनाउने कार्यविरुद्ध संघ रहेको बताए । अर्को एक घटनामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिन खोज्दा भन्सार पास भइसकेको भन्दै ब्यवसायीले सशस्त्र प्रहरीलाई ट्रक लैजान अवरोध समेत गरेका थिए ।

संघका अध्यक्ष धामीले भन्सार पास गरेर भित्रिएको माल वस्तु राजश्व अनुसन्धान बाहेक सशस्त्र प्रहरीलाई बरामद गर्ने अधिकार नभएको बताउँदै आएका छन् । सीमा सुरक्षा गर्न बसेको प्रहरीले भन्सारका कर्मचारीले जाँच पास गरेको सामान खोज्दै हिँड्नु गैरकानुनी भएको भन्दै उनले राजश्व अनुसन्धान बाहेक अन्य निकायले गरेको बरामदी ब्यवसायीलाई स्वीकार्य नभएको बताए ।

गत पौष ८ गते राती ९ः३० बजे सशस्त्र प्रहरीले चौलिक्का चौकबाट प्रज्ञापन पत्र फरक पारी राजस्व अपचलन भएको सूचनाको आधारमा ट्रक नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कोहलपुर बुझाएको थियो ।

ट्रकमा लोड भएको मालबस्तु र प्रज्ञापन पत्रमा उल्लेख भएको मालबस्तुमा २ हजार ८४० केजी फरक परेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिएका छन् । फरक परेकोले मालबस्तुको रु ५ लाख ३७ हजार ३४१ थप राजस्व असुल गरि ट्रक र सामान राजस्व अनुसन्धानबाट फिर्ता भएको उनले जनाएका छन् ।

पुसकै पहिलो साता भन्सारमा प्रज्ञापनपत्र भरि राजश्व तिरेर भन्सार पास भएका ४ वटा सवारी साधनका सामाग्रीबाट राजश्व छलेको पुष्टी गर्दै राजश्व अनुसन्धानले ब्यवसायीबाट जरिवाना असुल गरेको थियो ।

भन्सारका अधिकारीको सहयोग बिना राजश्व चुहावट असम्भव भएको भन्दै उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अब्दुल वाहीद मन्सुरीले प्रमुख जिल्ला अधिकारीले सरकारी कर्मचारीलाई बचाउन खाजेको आरोप लगाए । भन्सार कै कर्मचारीले राजश्व छल्न सिकाउने गरेको बताउँदै उनले कारवाहीको दायरमा ब्यवसायीलाई मात्र ल्याउनु अन्याय हुने उनले बताए । ‘राजश्व छल्नेलाई कारवाही हुनुपर्नेमा फरकमत होईन, तर राजश्व छल्न सघाउने कर्मचारीपनि कारवाहीको दायरामा आउनु पर्छ ।’ उनले भने ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ८ : ३० बजे

इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई फरार युएईबाट पक्राउ

काठमाडौं ।  ज्यान सम्बन्धी कसूर मुद्दा र विद्युतीय कारोवार कसूर

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि

काठमाडौं । नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको

शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या वृद्धि

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटामा संरक्षित कृष्णसारको सङ्ख्यामा वृद्धि

प्रतिनिधिसभाको बैठक जेठ ६ गते सम्मको लागि स्थगित

काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा पटनाको स्कुलमा आगलागी

पटना । बिहारको राजधानी पटनास्थित एक विद्यालय परिसरको ट्याङ्कीभित्र एक