१८ माघ २०८२, आइतबार | February 1, 2026

नबिल बैंकको साधारणसभाबाट ११ प्रतिशत लाभांश पारित



काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो ३९ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालको अध्यक्षतामा बिहीबार वार्षिक साधारण सभा सम्पन्न गरिएको हो ।

सभाले बैंकको सञ्चालक समितिले सिफारिस गरे बमोजिम तथा नेपाल राष्ट्र बैंकको स्वीकृति अनुसार आ.व. २०७९/०८० को मुनाफाबाट शेयरधनीहरूलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंक आ.व. २०७९/८० मा रु. ६ अर्ब ४० करोड मुनाफा गर्न सफल भएको थियो ।

नबिलले वित्तीय क्षेत्रमा करिब चार दशक समय अघिदेखि गुणस्तर बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । पछिल्लो समय यस बैंकले दिगो बैंकिङको अवधारणालाई आत्मसाथ गर्दै डिजिटल बैंकिङको लागि एनबैंक सञ्चालनमा ल्याएको छ ।

‘क’ वर्गको बैंकहरूमध्ये निरन्तर देशकै अग्रणी वाणिज्य बैंकको पहिचान पाएको यस बैंकले दिगो बैंकिङ प्रणालीमा जोड दिएको छ । बैंकका अध्यक्ष पौड्यालले देशको अर्थतन्त्रको परिदृश्यलाई मध्यनजर गरेर बैंकले आफ्ना गतिविधि सञ्चालन गरेको बताए । “देशको अर्थतन्त्रको पछिल्लो परिदृश्यहरूलाई मध्यनजर गर्दै नबिल बैंकले नेपालको बैंकिङ क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यावसायिक एवं औद्योगिक गतिविधिहरूलाई गतिशीलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरू सिर्जना गर्न सहयोगी भूमिका निर्वाह गरेको छ” उनले भने । बैंकले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखेको उनले बताए ।

नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशीलता कार्यक्रम समेत सञ्चालन गरेको छ । समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने, नवीन सोचमा आधारित उद्यमलाई प्रवर्द्धन गर्दै आर्थिक सामाजिक रूपान्तरणलाई बढवा दिने लक्ष्यसहित यो कार्यक्रम सुरु गरिएको हो । हालसम्म तीन सय ३५ जना विद्यार्थीहरूको सहभागिता भएको यस कार्यक्रमले ५२ वटा उद्यम जन्माएको र ८७२ जनाले रोजगारी पाएको उनले जानकारी दिए ।

पौड्यालले विगतका वर्षहरूमा बाँडफाँड गरेको नगद लाभांशका साथै बजार पुँजीकरण तथा जेथामा भएको अभिवृद्धि समेतलाई दृष्टिगत गर्दा नबिल बैंकमा शेयरधनीहरूले लगानी गरेका स्थापना कालको चुक्ता पुँजी हाल सम्म आउँदा ९६० गुणाले वृद्धि भएको कुरा बताए । संयुक्त राष्ट्रसंघको दिगो विकासका लक्ष्यलाई केन्द्रबिन्दुमा राख्दै बैंकले आफ्नो व्यवसाय विस्तार गरिरहेको र सो अन्तर्गतका विभिन्न लक्ष्यहरू जस्तै गरिबी निवारण, शिक्षा, स्वास्थ्य आदिलाई आधार मानी संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम समेत अगाडि बढाइरहेको जानकारी गराए । त्यस्तै बैंकले स्थापनाकालदेखि हालसम्म देशको राजश्वमा समेत महत्वपूर्ण योगदान दिँदै आएको जानकारी गराए ।

नबिलले देशभर २६६ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ । बैंकले १८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आफ्ना सबै सरोकारवालाहरूसँग सँगै अघि बढ्ने विश्वास राखेको छ ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ४ : ०७ बजे

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

रुपन्देही उद्योग संघले बनायो २ वर्षे कार्ययोजना

बुटवल । रूपन्देही उद्योग संघले आगामी दुई वर्षको कार्ययोजना तयार

इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई । इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले

रुपन्देहीको विकास अध्ययन गर्न योजनाविदलाई बिष्णु पौडेलको आग्रह

बुटवल । पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष बिष्णु

भारतको बजेट : पूर्वाधार र उत्पादनमा ठूलो लगानी

नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले अस्थिर वित्तीय बजार र