४ पुस २०८२, शुक्रबार | December 19, 2025

रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न, रथ तान्ने मिति अझै अनिश्चित



काठमाडौं । पाटनको तः बहाल स्थित सत्तलमा राखिएको रातो मछिन्द्रनाथलाई आज रथारोहण गराईएको छ । सत्तलबाट निकालेर खटमा राखेर नगर परिक्रमा गराउँदै पुल्चोकमा बनाइएको रथमा राथारोहण गराईएको हो । ‘वर्षा र सहकाल’का देवताकारुपमा धार्मिक बिश्वास रहेको रातो मच्छिन्द्रनाथको रथारोहण हरेक वर्ष वैशाख शुक्ल प्रतिबपदाबाट सुरु हुने भएपनि यस वर्ष भने कोभिड १९ का कारण पछाडी सारिएको थियो ।

नागपञ्चमीके साईत पारेर दिउँसो सवा १२ बजेको शुभसाइतमा मच्छिन्द्रनाथलाई रथारोहण गराईएको थियो । रातो मच्छिन्द्रनाथको रथारोहण यात्रालाई काठमाडौं उपत्यकाको सबैभन्दा लामो रथजात्राका रुपमा लिने गरिन्छ ।

नेवारी तिथि अनुसार वैशाख १२ गते रथारोहण गर्नुपर्नेभएपनि कोरोनाका कारण यो वर्ष सम्भव नभएको रातो मच्छिन्द्रनाथका मुख्य पुजारी कमलराज बज्राचार्यले बताए । पुजारीहरुको समूहले असार २४ गते साइत हेरेर रथारोहण गराउने निर्णय गरेपनि जारी लकडाउन र कोरोनाको महामारी नघटेको भन्दै स्थगित गरिएको थियो । समुदायमा यस वर्ष रथयात्रा नै नहुने हो कि भन्ने आशंकालाई चिर्दै आज रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ ।

लिच्छवीकालदेखि निरन्तर चल्दै आएको जात्रामा रथारोहणको अन्तिम साइज आज परेकाले आज नै रथारोहण गरिएको पुजारी बज्राचार्यले बताए । शनिबार रथारोहण गरिएपनि रथ कहिले तान्ने भन्ने निर्णय भने नगरिएको उनले जानकारी दिए ।

रथारोहणमा सामाजिक दुरी कायम गर्दै २० जनाभन्दा बढीलाई सहभागि नगराइने बताईएपनि परम्परालाई निरन्तरता दिंदै स्थानीय स्वस्फुर्त रथयात्रामा सहभागि बनेका थिए ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ४ : २२ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज