४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

बागमतीका मन्त्री श्रेष्ठले दिए ४८ घरधुरी पहरी जातिलाई न्यानो सिरक



सिन्धुली । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले सिन्धुलीका ४८ घरधुरी पहरी जातिलाई फाइबर सिरक वितरण गरेका छन् ।

मन्त्री श्रेष्ठले सोमबार सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नं। २ बञ्चरेका सीमान्तकृत पहरी जातिका ४८ घरधुरीलाई प्रति परिवार एक थान फाइबर सिरक वितरण गरेका हुन् । उनले एक औपचारिक कार्यक्रमका बिचमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव ध्रुव गैडा र हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्र ध्वज वाइवा समेतको उपस्थितिमा सिरक हस्तान्तरण गरेका छन् ।

सिरक हस्तान्तरण गर्दै मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकारले सीमान्तकृत जातिहरुलाई सीप सिकाउने र उत्पादनमा जोड्ने काम गर्ने बताए । उनले सीमान्तकृत जाति बसोबास गरिरहेका स्थानमा भौतिक पूर्वाधार निर्माणमा जोड दिने पनि बताए । त्यस्तै, पहरीको भाषा र संस्कृति संरक्षण तथा सम्बद्र्धनका लागि पनि प्रदेश सरकारले काम गर्ने उनको भनाइ छ ।

चिसोको समयमा न्यानो सिरक पाएपछि स्थानीय सिर्जना पहरीले आफ्नो परिवारमा ९ जना सदस्य रहेको र सिरक अपुग रहेको अवस्थामा सरकारले न्यानो सिरक दिएकोप्रति खुशी व्यक्त गरिन् । त्यस्तै, स्थानीय जगत पहरीले सरकारले न्यानो कपडा दिदाँ आफुहरुको जिवन तातो हुने बताए ।

मन्त्री श्रेष्ठले यस अघि मकवानपुर जिल्लाका बनकरिया जाति, सिन्धुली जिल्लाका लोपोन्मुख हायु जाति र थामी जातिलाई पनि न्यानो सिरक वितरण गरेका थिए ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ९ : ०४ बजे

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ ७ गते

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य

काठमाडौं उपत्यकामा पनि तापक्रम बढ्ने

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं । सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा

बनेपाका एक हजार घरमा ‘कौसीखेती’

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाले सहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’ प्रवद्र्धन