८ कार्तिक २०८३, आइतबार | October 26, 2026

प्रचण्ड, बाबुराम वैद्यलाई गंगा श्रेष्ठको प्रश्न – उपलब्धि रक्षाका लागि लड्ने कि आफू–आफू लड्ने ?



काठमाडौं । नेपाल समाजवादी पार्टीका सहअध्यक्ष तथा बागमती प्रदेश सभाका सांसद गंगानारायण श्रेष्ठले जनयुद्धको क्रमममा घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुको जिम्मेवारी तत्कालिन नेतृत्वले लिनु पर्छ पर्दैन भनेर प्रश्न गरेका छन् ।

बिहीबार जनयुद्धका क्रममा २०६१ भाद्र २० गते सिहराको धन्छबारमा सहादत प्राप्त गरेका माओवादीका नेताद्वय शेरमान कुँवर (विशाल) र मोहनचन्द्र गौतम (कुमार)प्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले तत्कालिन नेताहरुलाई प्रश्न गरेका हुन् । उनले जनयुद्धको क्रममा घाइते, अपाङ्गता भएका हजारौं हजार योद्धाहरूले उपचार नपाएर शारीरिक र मानसिक पीडा भोगिरहेका बताए ।

सहिद र वेपत्ता परिवारका सदस्यहरू न्यूनतम जीविकोपार्जनको व्यवस्था नहुँदा विदेश पलायन हुनु परिरहेको भन्दै उनले देश र जनताका लागि जीवन आहुति दिने सहिदहरूको पनि यथोचित सम्मान हुन नसकेको बताए । सांसद श्रेष्ठले तत्कालिन माओवादीका नेतृत्व तहका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, मोहन वैद्य (किरण) र बाबुराम भट्टराईलाई सम्बोधन गर्दै सबै समस्याहरुको जिम्मा लिनुपर्छ कि पर्दैन भनेर प्रश्न गरेका छन् । उनले एकजुट भएर प्राप्त उपलब्धिको रक्षा गर्दै बाँकी उपलब्धि प्राप्तिका लागि लड्ने कि आफू–आफू लडेर बस्ने ? भनेर अर्को प्रश्न नेताहरुलाई तेस्र्याएका छन् ।

सांसद श्रेष्ठले सहिदहरु विशाल र कुमारलगायत हजारौं सहिदहरूका सहादतबाट देशमा २४० वर्षे एकात्मक सामन्ती राजतन्त्रको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताए । उनले जनयुद्ध लडेका क्रान्तिकारी नेता, कार्यकर्ताहरू छिन्नभिन्न हुँदा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्नसक्ने खतरा बढ्दै गइरहेको बताए । प्राप्त उपलब्धिको जगमा टेकेर मात्रै बाँकी उपलब्धि हासिल गर्न सम्भव भएको उनको भनाई छ ।

बागमती प्रदेश सरकारका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेका श्रेष्ठले आफु मन्त्री छँदा सहिदहरूको सम्मान र सम्झनामा प्रदेशभर योजनाहरु पारेको जानकारी दिए । उनले ४१ किलोमिटर लामो डाँडी–खहरे–सहान–बखबर सडकलाई शेरमान मार्ग, ३७ किलोमिटर लामो पिपलभञ्ज्याङ–हायुटार–रामपुर सडकलाई मोहनचन्द्र मार्ग र सिलामे–बेल्टार–बडिमुहान सडकलाई टीका श्रेष्ठ मार्ग नामाकरण गरिएको बताए । सांसद श्रेष्ठले सिन्धुलीका विभिन्न स्थानहरूमा सहिद स्मृति शान्ति पार्क निर्माणका लागि १ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको पनि जानकारी दिए ।

त्यस्तै सहिद र बेपत्ता परिवार, घाइते अपाङ्गहरूलाई उत्पादनमा जोड्दै आत्मनिर्भर बनाउन ‘द्वन्द्वपीडित सवलीकरण कार्यक्रम’ सञ्चालन गरिएको बताए । त्यसैगरी युद्धमा अङ्ग गुमाएकाहरूलाई कृत्रिम अङ्ग प्रदान गर्न बजेट विनियोजन गरिएको र बागमती प्रदेशअन्तर्गत रहेका सहिद परिवारका एक–एक जना सदस्यलाई स्वास्थ्य बिमा कार्यक्रम राखिएको उनले उल्लेख गरे ।

प्रकाशित मिति : २० भदौ २०८१, बिहिबार  १ : ०२ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको