२० जेष्ठ २०८३, बुधबार | June 3, 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा पहिलो पटक दाँतको प्रत्यारोपण



बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा पहिलो पटक दाँतको प्रत्यारोपण गरिएको छ । अस्पतालकी दन्त चिकित्सा प्रमुख कन्सल्टेन्ट डेन्टल सर्जन वर्षा थापाका अनुसार मंगलबार दातको सफल प्रत्यारोपण (डेन्टल इम्प्लान्ट) गरिएको हो ।

विशेषज्ञ सेवालाई बिस्तार गर्दै गईरहेको लुम्बिनी प्रादेशिक अस्पतालमा पछिल्लो समय दाँत तथा मुख रोगका सफल उपचारहरु हुँदै आएको थापाले बताइन् । सीमित स्रोत र साधनका बाबजुद पनि अस्पतालमा गुणस्तरीय र अति कम शुल्कमा दाँतका विभिन्न खाले उपचार उपलब्ध हुने उनले बताइन् ।

मंगलबार पहिलो पटक दाँतको सफल शल्यक्रियासँगै सेवाग्राहीहरु अब निजी स्वास्थ्य संस्थामा धाउनु पर्ने बाध्यता अन्त्य भएको डा. थापाले उल्लेख गरिन् । शल्यक्रिया डा. थापाको नेतृत्वमा डा. सम्राट पहाडी, डा. सुचना अधिकारी, डा. नारायण पोखरेल र डा. रिचा भडेलको टोलीले गरेको थियो ।

अस्पतालमा ओपीडीतर्फ मेसिसिन, इ एन टि, सर्जिकल, कार्डियोलोजी, न्यूरोलोजी, दन्त तथा मुख रोग, छाला तथा यौन रोग, स्त्री तथा प्रसुती, हार्डजोर्नी, बाल रोग, आँखा रोग, न्यूरो सर्जरी, युरोलोजी तथा मनोरोग लगायतका उपचार हुँदै आएको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा। सुदर्शन थापाले जानकारी दिए ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ११ : ३० बजे

दलित पत्रकार सङ्घको अध्यक्षमा बराइली

काठमाडौं । राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालको अध्यक्षमा रेडियो धनकुटाका

साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२६ अन्तर्गत आज हुने सेमिफाइनल

यस्तो छ चलचित्र ‘काजी’को कथा

काठमाडौं । सामाजिक विषय र प्रेमकथामा आधारित रहेर तयार गरिएको

महोत्तरीमा डाँका समूहको गोली प्रहारबाट दुई घाइते

जनकपुर । महोत्तरीमा डाँका चोरीमा संलग्न समूहले गोली प्रहार गर्दा

रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता हुँदै

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का