६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

संसदीय निर्वाचन सम्पन्न भएको ३ वर्ष पुग्नथाल्दा निर्वाचनका बागी उम्मेदवार कांग्रेसबाट निस्काशित



काठमाडौं । संघीय संसदको निर्वाचन सम्पन्न भएको ३ वर्ष पुग्नै लाग्दा नेपाली कांग्रेसको अनुशासन समितिले निर्वाचनमा बागी उम्मेदावारी दिने तथा निर्वाचनमा आधिकारीक उम्मेदवारलाई असहयोग गर्ने ३ जनालाई पार्टीबाट निस्काशन गरेको छ ।

गत निर्वाचनमा पार्टीका आधिकारीक उम्मेदवारका बिरुद्ध बागी उम्मेदवारी दिएका तथा असहयोग गरेको अभियोग लागेका तनहुँका गोविन्दराज जोशी, कैलालीका पुस्करनाथ ओझा र डडेल्धुराका रामबहादुर विष्टलाई कांग्रेसले पार्टीबाट निस्काशन गरेको हो ।

गत निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका पूर्वमन्त्री जोशी र निर्वाचनमा पार्टी सभापति पत्नी आरजु राणा देउवालाई चुनाव हराउन भूमिका खेलेका ओझालाई ५ वर्षका लागि पार्टीबाट निस्काशन गरिएको कांग्रेसको अनुशासन समितिले जनाएको छ ।

यस्तै कांग्रेसले डडेलधुरा कांग्रेसका कार्यालय सचिव विष्टलाई तीन वर्षका लागि निस्काशन गरिएको छ । उनीहरु विरुद्ध निर्वाचन सम्पन्न भए लगत्तै अनुशासनको कारवाही गर्नका लागि उजुरी परेको थियो ।

उजुरीका आधारमा अनुशासन समितिले तीनै जनासँग स्पष्टीकरण सोधेकोमा तीनै जनाले सन्तोषजनक जवाफ नदिएको भन्दै पार्टीको अनुशासन उल्लंघन गरेको ठहर गर्दै पार्टीबाट निस्काशन गर्ने निर्णय भएको समितिले बताएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ९ : २३ बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा

साउदीमा ड्रोन आक्रमणबाट एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको