१३ बैशाख २०८३, आइतबार | April 26, 2026

नेपाल र भारतका अधिकारीबीच ऊर्जा क्षेत्र सहकार्यको समीक्षा



काठमाडौं । ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी नेपाल–भारत संयुक्त सञ्चालक समितिको ११ औँ बैठकमा ऊर्जा व्यापार, जलविद्युत् परियोजना र प्रसारण लाइनको कार्यान्वयन, नेपाल र भारतबीचको द्विपक्षीय ऊर्जा क्षेत्र सहकार्यलगायत विषयमा समीक्षा भएको छ ।

भारतको ऊर्जा मन्त्रालयका सचिव पङ्कज अग्रवाल र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (ऊर्जा) गोपालप्रसाद सिग्देलको सहअध्यक्षतामा गत शनिबार चितवनमा सम्पन्न बैठकमा संयुक्त प्राविधिक टोली (जेटिटी) लगायत विभिन्न द्विपक्षीय समितिमा भएका प्रगतिबारे छलफल भएको यहाँस्थित भारतीय राजदूतावासले आज जनाएको छ ।

बैठक भारत र नेपालबीच दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि भएको हो । त्यसअघि भारतको ऊर्जा मन्त्रालयका सहसचिव डी साई बाबा र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव नवीनराज सिंहको सहअध्यक्षतामा ऊर्जा क्षेत्रमा सहकार्य सम्बन्धी ११ औँ संयुक्त कार्यदलको बैठक काठमाडौँमा भएको थियो ।

दुवै बैठकले १३२ केलोभोल्ट र त्यसभन्दा कम प्रसारण लाइनबाट हुने अन्तरदेशीय ऊर्जा व्यापारका प्रारुप स्वीकृत गरेका थिए भने भारतका विदेशमन्त्री र नेपालका परराष्ट्रमन्त्रीले पुस १९ गते विशेष महत्वका तीनवटा नयाँ १३२ केभी प्रसारण लाइनको उद्घाटन गरेका थिए । विदेशमन्त्रीद्वयले रक्सोल (विहार, भारत)–परवानीपुर (नेपाल)को दोस्रो सर्किट, कटैया (विहार, भारत)–कुशाहा (नेपाल) को दोस्रो सर्किट र नयाँ नौतनवा (उत्तरप्रदेश, भारत) –मैनहिया (नेपाल)को उद्घाटन गर्नुभएको हो। करिब २०० मेगावाट प्रसारण क्षमता थप्ने यी प्रसारण लाइनले भारत र नेपालबीचको समग्र प्रसारण क्षमता एक हजार चार सय मेगावाट पुर्‍याउनेछ । नयाँ नौतनवा –मैनहिया प्रसारण लाइन नेपाल र भारतको उत्तरप्रदेशबीचको पहिलो प्रसारण लाइन हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको सन् २०२२ अप्रिलमा भएको भारत भ्रमणका क्रममा जारी भएको भारत–नेपाल संयुक्त दृष्टिकोणपत्रमा प्रगति हासिल गर्दै दुवै पक्ष संयुक्त जलविकास समितिको पहिलो बैठक यथाशीघ्र बोलाउन सहमत भएका जनाइएको छ ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ८ : ३२ बजे

मनोहरा सुकुम्बासी बस्तीका घरटहरा हटाईंदै, सुरक्षाकर्मीको बाक्लो उपस्थिति

काठमाडौं । भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्बासी बस्तीमा बनाइएका घरटहरा हटाउन

अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवस : ४० वर्षपछि पनि असर कायम

काठमाडौं । आज अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवस हो ।

कपिलवस्तुमा स्कारपियो-ट्रक ठक्कर, दुईको मृत्यु, तीन घाइते

कपिलवस्तु । कपिलवस्तुमा पार्किङ गरिएको ट्रकमा स्कार्पियो ठोक्किँदा दुईजनाको मृत्यु

छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका

कञ्चनपुर । भीमदत्त नगरपालिकाले उच्च शिक्षामा महिलाको पहुँच अभिवृद्धि गर्ने

वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय

बागलुङ । बसाइँसराइ बढ्न थालेपछि रेशगाउँमा योतीयोग्यसँगै पाखो जमिन झाडीले