१९ असार २०८३, शुक्रबार | July 3, 2026

अभिनेत्री सुरक्षा पन्त बनिन् स्विव्त एजुकेशनको ब्राण्ड एम्बेस्डर



बुटवल । स्विव्त एजुकेशनको ब्राण्ड एम्बेस्डरमा चर्चित अभिनेत्री सुरक्षा पन्त नियुक्त भएकी छन् । काठमाडौंको सानेपामा केन्द्रीय कार्यालय रहेको स्विव्त एजुकेशनले युवाहरुलाई स्वदेश तथा विदेशमा सतप्रतिशत जब ग्यारेन्टीका साथ प्राविधिक शिक्षा प्रदान गर्दछ ।

६ महिन प्राबिधिक शिक्षा जस्तै ग्राफिक डिजाइनिंग, सफ्टवेयर इन्जिनियरिंग तथा इन्टरप्रिनरसिपका विभिन्न कोषहरु सञ्चालन गरी युवाहरुलाई रोजगारका लागि तयार पारिने स्विव्त एजुकेशनका सञ्चालक सुवास शाहीले जानकारी दिए ।

विशेष गरी अध्ययनका लागि विदेश जान चाहने युवाहरुको अकर्षण बढी रहेको बताउँदै उनले ती युवाहरुलाई कुनै न कुनै सीप लिएर मात्रै विदेश जाँदा सजिलो हुने भएकाले प्राविधिक शिक्षामा जोड दिए ।

सो कम्पनीसँग सहकार्य गर्नेगरी भएको सम्झौतापत्रमा हस्ताक्षरपछि बोल्दै अभिनेत्री पन्तले युवाहरु रोजगार तथा शिक्षाका लागि विदेश जाने प्रचनको बिकास भैरहेको बेला उनीहरुलाई कुनै पनि प्राविधिक सीपमा दक्ष बनाएर पठाउने कुरा सकारात्मक भएको उल्लेख गरिन् । आफ्नो भविष्य निर्माणका लागि युवाहरुले देश तथा विदेशमा गएर गर्ने कुनै पनि काम वा अध्ययनलाई सहज बनाउन सीप नै आवश्यक पर्नेहुँदा त्यस क्षेत्रमा स्विफ्ट एजुकेशनले गरेको प्रयास सकारात्मक भएको उल्लेख गरिन् । सीप सिकेपछि स्वदेशमै पनि केही गर्न र अत्मनिर्भर बन्न सकिने उल्लेख गरिन् ।

नेपाली चलचित्र ‘अझैपनि’ बाट डेब्यु गरेकी अभिनेत्री सुरक्षा पन्त नेपाली फिल्म क्षेत्रमा बौद्धिक अभिनेत्रीको रुपमा परिचित छिन् । उनले आमा, धनपति, रोमियो एण्ड मुना, चंगाचेट, गोपी, घर, भैरे आदि फिल्ममा अभिनय गरिसकेकी छन् । बुटबलमा जन्मीएकी पन्त पछिल्लो समय क्लव हाउसमा सक्रिय देखिन्छिन् । विभिन्न विषयमा हुने छलफलमा सहभागी बन्ने गरेकी उनले आफ्ना विचार तथा अनुभवहरु खुलेर राख्ने स्वभावले युवाहरुमाझ लोकप्रिय मानिन्छिन् ।

सम्झौतापत्रका स्विफ्ट एजुकेशनकोतर्फबाट सञ्चालक सुवास शाहीले हस्ताक्षर गरेका छन् । सो अवसरमा उनले आजको युगमा युवाहरु कुनै न कुनै सीपमा दक्ष हुन आवश्यक रहेको उल्लेख गरे । व्यवसायिक सफलताका लागि नयाँ-नयाँ प्रविधि र ज्ञानसँग जोडिन आवश्यक रहेको बताउँदै सोही अनुसार युवाहरुलाई प्रेरित गर्नेगरी स्विव्त एजुकेशनले काम गरिरहेको उल्लेख गरे ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  १ : ०२ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०