२९ बैशाख २०८१, शनिबार | May 11, 2024

अभिनेत्री सुरक्षा पन्त बनिन् स्विव्त एजुकेशनको ब्राण्ड एम्बेस्डर



बुटवल । स्विव्त एजुकेशनको ब्राण्ड एम्बेस्डरमा चर्चित अभिनेत्री सुरक्षा पन्त नियुक्त भएकी छन् । काठमाडौंको सानेपामा केन्द्रीय कार्यालय रहेको स्विव्त एजुकेशनले युवाहरुलाई स्वदेश तथा विदेशमा सतप्रतिशत जब ग्यारेन्टीका साथ प्राविधिक शिक्षा प्रदान गर्दछ ।

६ महिन प्राबिधिक शिक्षा जस्तै ग्राफिक डिजाइनिंग, सफ्टवेयर इन्जिनियरिंग तथा इन्टरप्रिनरसिपका विभिन्न कोषहरु सञ्चालन गरी युवाहरुलाई रोजगारका लागि तयार पारिने स्विव्त एजुकेशनका सञ्चालक सुवास शाहीले जानकारी दिए ।

विशेष गरी अध्ययनका लागि विदेश जान चाहने युवाहरुको अकर्षण बढी रहेको बताउँदै उनले ती युवाहरुलाई कुनै न कुनै सीप लिएर मात्रै विदेश जाँदा सजिलो हुने भएकाले प्राविधिक शिक्षामा जोड दिए ।

सो कम्पनीसँग सहकार्य गर्नेगरी भएको सम्झौतापत्रमा हस्ताक्षरपछि बोल्दै अभिनेत्री पन्तले युवाहरु रोजगार तथा शिक्षाका लागि विदेश जाने प्रचनको बिकास भैरहेको बेला उनीहरुलाई कुनै पनि प्राविधिक सीपमा दक्ष बनाएर पठाउने कुरा सकारात्मक भएको उल्लेख गरिन् । आफ्नो भविष्य निर्माणका लागि युवाहरुले देश तथा विदेशमा गएर गर्ने कुनै पनि काम वा अध्ययनलाई सहज बनाउन सीप नै आवश्यक पर्नेहुँदा त्यस क्षेत्रमा स्विफ्ट एजुकेशनले गरेको प्रयास सकारात्मक भएको उल्लेख गरिन् । सीप सिकेपछि स्वदेशमै पनि केही गर्न र अत्मनिर्भर बन्न सकिने उल्लेख गरिन् ।

नेपाली चलचित्र ‘अझैपनि’ बाट डेब्यु गरेकी अभिनेत्री सुरक्षा पन्त नेपाली फिल्म क्षेत्रमा बौद्धिक अभिनेत्रीको रुपमा परिचित छिन् । उनले आमा, धनपति, रोमियो एण्ड मुना, चंगाचेट, गोपी, घर, भैरे आदि फिल्ममा अभिनय गरिसकेकी छन् । बुटबलमा जन्मीएकी पन्त पछिल्लो समय क्लव हाउसमा सक्रिय देखिन्छिन् । विभिन्न विषयमा हुने छलफलमा सहभागी बन्ने गरेकी उनले आफ्ना विचार तथा अनुभवहरु खुलेर राख्ने स्वभावले युवाहरुमाझ लोकप्रिय मानिन्छिन् ।

सम्झौतापत्रका स्विफ्ट एजुकेशनकोतर्फबाट सञ्चालक सुवास शाहीले हस्ताक्षर गरेका छन् । सो अवसरमा उनले आजको युगमा युवाहरु कुनै न कुनै सीपमा दक्ष हुन आवश्यक रहेको उल्लेख गरे । व्यवसायिक सफलताका लागि नयाँ-नयाँ प्रविधि र ज्ञानसँग जोडिन आवश्यक रहेको बताउँदै सोही अनुसार युवाहरुलाई प्रेरित गर्नेगरी स्विव्त एजुकेशनले काम गरिरहेको उल्लेख गरे ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  १ : ०२ बजे

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा मदन भण्डारी स्पोर्ट्स एकेडेमी विजयी

बुटवल । खेलकुदमार्फत भातृत्व विकास गर्ने उदेश्यका साथ शनिबार बुटवलमा

नेवाः सेवा समिति बुटवलको १५ औं वार्षिक साधारणसभा सम्पन्न

बुटवल । श्री नेवा: सेवा समितिको १५ औ वार्षिक साधारण

अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिताकाे उपाधि बुटवललाई

बुटवल । बुटवलमा भएको अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल

बाँकेबाट मोटरसाईकल चोरीमा संलग्न ४ जना मोटरसाईकल सहित पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेका बिभिन्न स्थानबाट मोटरसाईल चोरी गर्नेहरु मध्य

नेपालका लागि अमेरिकी राजदूत थम्पसनद्धारा लुम्बिनी भ्रमण

लुम्बिनी । नेपालका लागि अमेरिकी राजदूत डिन. आर. थम्पसनले बुद्धजन्मस्थल