२९ मंसिर २०८२, सोमबार | December 15, 2025

तिनाउ मिसन डेभलपमेन्ट बैंकले सार्वजनिक गर्यो वित्तीय विवरण, बैंकको खुद नाफा १९ करोड ६८ लाख



बुटवल । प्रदेश ५ को राजधानी बुटवलमा केन्द्रीय कार्यालय रहेको तिनाउ मिसन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा १९ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८२.८९ प्रतिशत बढी हो। बैंकले अघिल्लो आर्थिक वर्षमा बैंकले ४ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको वित्तीय विवरण अनुसार बैकलाई कोरोना भाइरसको असर नपरेको  बुभिन्छ ।

यस्तै बैंकको खुद ब्याज आम्दानी ६५ करोड ३० लाख पुगेको छ भने सञ्चालन मुनाफा १५ करोड ५४ लाख रुपैयाँ बढेर २८ करोड पुगेको छ। असार मसान्तसम्म बैंकको वितरण योग्य मुनाफा ११ करोड २९ लाख रुपैयाँ रहेको छ।

नाफा सँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। अघिल्लो आर्थिक वर्ष ७ रुपैयाँ १६ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी गत आर्थिक वर्ष बढेर १० रुपैयाँ ८५ पैसा भएको छ। बैंकको प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ८६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३१२ गुणा रहेको छ।

बैंकको चुक्ता पूँजी १ अर्ब ८१ करोड ३१ लाख रहेको छ । यस्तै बैंकको जगेडा कोषमा २९ करोड ४२ लाख रुपैयाँ र शेयरधनी कोषमा १२ करोड ३ लाख रुपैयाँ सञ्चित छ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  १२ : ५२ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले