८ माघ २०८२, बिहिबार | January 22, 2026

जर्मनीका लिजेण्ड फुटबलर बेकनबाउरको निधन



काठमाडौं । जर्मनीका लिजेण्ड फुटबलर फ्रान्ज बेकनबाउरको ७८ बर्षको उमेरमा निधन भएको छ ।

जर्मनीका पूर्व सेन्टर ब्याक बेकनबाउर १९७४ मा पश्चिम जर्मनीका लागि खेलाडीको रुपमा विश्वकप जितेका थिए भने १९९० मा पश्चिम जर्मनीको तर्फबाट प्रशिक्षकको रुपमा विश्वकप जितेका थिए ।

उनी खेलाडी र प्रशिक्षकको रूपमा विश्वकप फुटबल जित्ने ३ व्यक्तिमध्ये एक हुन् । उनको कप्तानीमा तत्कालीन पश्चिम जर्मनीले सन् १९७४ मा नेदरल्यान्ड्सलाई फाइनलमा पराजित गरी विश्वकप जितेको थियो । उनी प्रशिक्षक रहँदा पश्चिम जर्मनीले १९९० मा अर्जेन्टिनालाई फाइनलमा पराजित गरेको थियो ।

खेलाडी र प्रशिक्षकको रूपमा उपाधि जित्ने अर्का दुई मारियो जगालो र डिडियर डेसच्याम्पस हुन् । जगालोको ९२ वर्षको उमेरमा शुक्रबारमात्र निधन भएको थियो ।

बेकनबाउर पछिल्ला समय मुटुको समस्याबाट पिडित थिए ।

उनले जर्मन राष्ट्रिय टोलीबाट १०३ खेल खेलेका थिए । उनकै नेतृत्वमा जर्मनीले २००६ को विश्वकप भव्य रूपमा सफल आयोजना गरेको थियो ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ९ : ३५ बजे

रुग्ण आयोजनाको ठेक्का तोड्न भौतिक मन्त्रालयलाई निर्देशन

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले समयमै काम

निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता

काठमाडौं । सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ । बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

नवलपुर-१ मा बालकृष्ण घिमिरे आधिकारिक उम्मेदवार कायम

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा

रेशम चौधरीको उम्मेदवारी खारेज

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको प्रतिनिधिसभा