२२ भदौ २०८३, सोमबार | September 7, 2026

नवसोच एकता क्लबको खुल्ला भलिबलमा पहिलो चरणका खेल सम्पन्न



तिलोत्तमा । तिलोत्तमामा जारी प्रथम वडा कप माउण्ट एभरेस्ट खुल्ला भलिबल प्रतियोगिता २०८० मा पहिलो चरणका खेलहरु सम्पन्न भएका छन । राष्ट्रिय एकता दिवसको अवसर पारि आयोजित प्रतियोगितामा बिहिबार पहिलो चरण अन्र्तगतका ५ खेल सम्पन्न भएको हो ।

जसमा लाफा युवा क्लवलाई २—० को सोझो सेटमा हराउदै झरना स्र्पोटस क्लव अघिल्लो चरणमा प्रवेश गरेको छ भने दोस्रो खेलमा मनकामना युवा क्लवले जिल्ला प्रहरी कार्यालय भैरहवा ‘ख’ लाई २—० सेटमा, त्यस्तैगरि भैरहवा युवा क्लवले नेपाल प्रहरी विशेष सुरक्षा गणलाई २—१ को सेटमा, हिउँचुली युवा क्लव बोहियाले तिलोत्तमा वडा न १६ लाई २—० को सोझो सेटमा साथै आजको अन्तिम खेलमा जिल्ला प्रहरी कार्यालय भैरहवा ‘क’ ले विहुली युवा क्लवलाई २—१ को सेटमा हराउदै दोस्रो चरणमा प्रवेश गरेका छन ।

सेमीफाईनल र फाईनलका खेलहरु भोली आयोजना हुने र भोली नै प्रतियोगिताको समापन गरिने क्लवका कोषाध्यक्ष पुरुषोत्तम सुवेदीले जानकारी दिए । नवसोच एकता क्लब तिलोत्तमा १६ को आयोजनामा बुधबारबाट शुरु प्रतियोगितामा रुपन्देही र नवलपरासीका नेपाल प्रहरीका विभागीय टोली सहित कुल १४ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद पुरस्कार रु ३० हजार प्राप्त गर्नेछ भने दोस्रो हुनेले नगर रु १५ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक नवसोच एकता क्लवका अध्यक्ष मुक्ति बस्यालले जानकारी दिएका छन । त्यस्तै गरि सेमिफाइनल पुग्ने अन्य दुइ टोलीले समेत नगद रू ५÷५ हजार पुरस्कार प्राप्त गर्ने छन् ।

 

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  ८ : १४ बजे

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा बाँकेमा दीप प्रज्वलन

नेपालगन्ज । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको