१ भदौ २०८३, सोमबार | August 17, 2026

संघीय संसदका विभिन्न तीन वटा समितिको बैठक बस्दै



काठमाडौं । संघीय संसद अन्तर्गत आज तीन वटा समितिका बैठक बस्दैछन् । जसमा प्रतिनिधिसभाका दुई र राष्ट्रियसभाको एक समितिको बैठक बस्दैछ । प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ ।

आज बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न विद्यार्थी संघरसंगठनहरुसँग विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि बस्दैछ । सिंहदरबारमा बस्ने बैठकमा गुठी पीडित मोही किसानको समस्या तथा गुठी सम्बन्धी कानून लगायतका विषयमा छलफल हुनेछ ।

बैठकमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री र सचिव तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री र सचिवलाई पनि आमन्त्रण गरिएको छ ।

यसैगरी, राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक पनि बस्दैछ ।

बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा राष्ट्रिय सम्पदा अन्तर्गत राष्ट्रिय निकुञ्ज, आरक्षण र संरक्षित क्षेत्रको विद्यमान अवस्था र यसको संरक्षण सम्वर्द्धनमा सामुदायिक वन उपभोक्ता महासङ्घको भूमिका लगायतका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ८ : ३२ बजे

लुम्बिनीका मुख्यमन्त्री आचार्यले मागे विश्वासको मत

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत

सभापति रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भदौ

संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिनिधि

भारतीय सेना प्रमुख सेठ र प्रधानसेनापति सिग्देलबीच शिष्टाचार भेट

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ र प्रधान

आजपनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।