२७ भदौ २०८३, शनिबार | September 12, 2026

विज्ञान शिक्षक समाजको अधिवेशन सम्पन्न



भैरहवा । देशै भरिका विज्ञान अध्यापन गराउने शिक्षकहरुको साझा सङ्गठन विज्ञान शिक्षक समाज नेपाल (STAN) अन्तर्गत रुपन्देही जिल्लाको प्रथम अधिवेशन भैरहवाको भानु माविमा सम्पन्न भएको छ ।

रुपन्देही जिल्लाका बिभिन्न विद्यालयमा विज्ञान पढाउने शिक्षकहरुको सहभागिता रहेको उक्त कार्यक्रम जिल्ला तदर्थ समिति संयोजक महेश प्रसाद गुप्ताको अध्यक्षता तथा शिक्षक श्री सन्तोष प्रसाद गुप्ताको संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै शिक्षक डिलाराम खनाल, चिरन्जीवी रेग्मी, बासुदेव पौडेल र क्षितिज पाण्डेले विज्ञान शिक्षकको पेशागत विकास र देशको समग्र विज्ञान तथा प्रविधीको विकासको लागि STAN ले महत्वपुर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।

भेलाले शिक्षक दिपक बन्जाडेको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ । जसको उपाध्यक्षमा महेश प्रसाद गुप्ता,सचिव सतोष प्रसाद गुप्ता, सहसचिव बिना बस्याल र कोषाध्यक्ष ओमकार आचार्य रहेका छन ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ३ : ४२ बजे

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको

नेपाल-चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको

सल्यानमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

सल्यान । सल्यानमा शनिबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले