१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

अजोड इन्स्योरेन्सको साधारण सेयर नेप्सेमा सूचिकृत,ओपनिङ रेन्ज ९७ रुपैयाँ देखि २९१ रुपैयाँ, मंगलबारदेखि कारोबार खुल्ने



काठमाडौं । अजोड इन्स्योरेन्सले सर्वसाधारणलाई जारी गरेको शेयर नेप्सेमा सूचीकृत गरेको छ। कम्पनीले सोमबार एक करोड कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो।

शेयर कारोबार मंगलबारेदेखि खुल्ने कम्पनीले जनाएको छ । कम्पनीले पहिलो कारोबारको लागि नेप्सेले न्यूनतम ९७ रुपैयाँ देखि २९१ रुपैयाँ तोकेको छ ।कम्पनीको शेयरलाई कारोबार संकेत एआईएल पाएको छ ।

कम्पनीले जारी पूँजीको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ जारी गरेको थियो   । त्यसमध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई छुट्टाइएको थियो भने ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्टाइएको थियो। यस्तै बाँकी रहको २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणलाई जारी गरेको थियो।

आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब पुगेको छ । जसमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर कायम भएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ३ : ५१ बजे

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको

सुनचाँदीको मूल्यमा वृद्धि, छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

उद्धारपछि सञ्जय साह – ‘सबैलाई बचाउने क्रममा म आफैँ फसेँ, महामन्त्र जप गर्दै बसेँ’

काठमाडौं । भोटेकोशी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम