१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

सोलार र्फाम लिमिटेडद्वारा रुकुमका भूकम्पीडितलाई २ सय थान ट्वाइलेट प्यान हस्तान्तरण



काठमाडौं । सोलार फार्म लिमिटेडले रुकुमका भूकम्पपीडितलाई शौचालयको प्यान सहयोग गरेको छ ।

सोलार फार्मले रुकुमको त्रिवेणी गाउँपालिकाका भूकम्पपीडितहरुका लागि दुई सय वटा शौचालयको लागि प्यान वितरण गरेको हो । भूकम्पबाट क्षतिग्रस्त क्षेत्रका जनताका लागि शौचालय निर्माणमा यि प्यान सहयोगी हुने विश्वास गरिएको छ ।

सोलार फार्मका अध्यक्ष मोहन गुरुङले त्रिवेणी गाउँपालिकाका कार्यपालिका सदस्य जनककुमार विश्वकर्मालाई सामाग्री हस्तान्तरण गरेका हुन् ।

साउथ इस्ट रिजनल तमु धि लण्डनको तर्फबाट एक लाख ५७ हजार ७९ रुपैयाँ र साउथ इस्ट रिजनल तमु धि लण्डनका वर्तमान प्रमुख सल्लाहकार एवं सोलार फार्मका अध्यक्ष गुरुङको तर्फबाट एक लाख रुपैयाँ रुपैयाँ गरी दुई लाख ५७ हजार ७९ रुपैयाँमा खरिद गरिएको प्यान हस्तान्तरण गरिएको हो ।

त्यसअवसरमा सोलार फार्मको तर्फबाट संचालक विद्यावारिधि सिग्देल, शब्द ज्ञवाली र प्रशान अधिकृत भरत न्यौपाने र समाजसेवी पोखरेल एवं माओवादी कर्णाली प्रदेश कमिटी सदस्य कुमार कठायत उपस्थित थिए ।

तनहुँको बेलचौतारामा रहेको सोलार फार्म लिमिटेडले पाँच मेघावाटको सौर्य उर्जा उत्पादन गरिरहेको छ । उत्पादित सौर्य उर्जा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय ग्रिडमा जोडिएको छ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ५ : १० बजे

हराएको डेढ महिनाअघि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत