२० भदौ २०८३, शनिबार | September 5, 2026

गायक वैद्यलाई गीतसङ्गीतमार्फत श्रद्धाञ्जली



काठमाडौं । गायक तथा साहित्यकार योगेश वैद्यलाई सङ्गीतकर्मीले गीतसङ्गीतमार्फत अन्तिम श्रद्धाञ्जली दिएका छन् । उनको आज ७७ वर्षको उमेरमा सुन्धारास्थित काठमाडौँ भ्याली अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

नेपाल सङ्गीतकार सङ्घको आयोजनामा नक्सालस्थित सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा भएको श्रद्धाञ्जली सभामा उनको पार्थिव शरीरलाई सङ्गीतकार शम्भुजीत बास्कोटा, चेतन सापकोटा, वसन्त सापकोटा, महेश खड्कालगायतले श्रद्धाञ्जली दिए ।

‘सपना भुलाई सारा’ गीतमार्फत अन्तिम श्रद्धाञ्जली दिइएको सङ्गीतकार सङ्घका अध्यक्ष चेतन सापकोटाले जानकारी दिए । “उहाँको निधनले हामीलाई ठूलो क्षति भएको छ । केही दिन अगाडि मात्र नोर्बू छिरिङ्ग दाईलाई बिदाइ गरेका थियौँ, अहिले योगेश दाईलाई बिदाइ गर्दैछौँ । हामी मर्माहित छौँ”, अध्यक्ष सापकोटाले भने ।

सङ्गीतकार शम्भुजीत बाँस्कोटाले दिवङ्गत गायक वैद्यसँग तीन दिन अगाडि मात्रै कुरा भएको बताए । उनले भने, “उहाँले कविता, गीत लेख्नुहुन्थ्यो । सङ्गीत गर्नुहुन्थ्यो । उहाँ मखमली आवाजको धनी हो । मेरा केही गीतहरु पनि गाउनुभएको थियो ।”

वैद्यको आज नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरलाई छोरा लोकेस नन्दन वैद्यले दागबत्ती दिएका थिए । करिब पाँच सय नेपाली गीत तथा झण्डै एक सयभन्दा बढी नेपाल भाषाको गीतमा स्वर दिएका वैद्य पछिल्लो समय पक्षघातसम्बन्धी समस्या झेलिरहेका थिए । गायक वैद्यको केही समयअघि मिर्गौलासमेत प्रत्यारोपण गरिएकामा केही दिनदेखि रुघाखोकीबाट ग्रसित थिए ।

विसं २००३ मा नरदेवीमा जन्मनुएका उनको पहिलो रचना ‘कति प्यासी छ जिन्दगी’ बोलको नेवारी र ‘सपना भुलाई सारा’ बोलको गीत गीत निकै लोकप्रिय छन् । राष्ट्रिय गीत सम्मेलनमा प्रथम तथा छिन्नलता गीत पुरस्कार, विख्यात त्रिशक्तिपट्ट प्राप्त गर्नुभएका साहित्यकार वैद्यका विभिन्न कृति प्रकाशित छन् । उहाँका श्रीमती, दुई छोरी र एक छोरा छन् ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ९ : ३४ बजे

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ । भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उहँको

पहिरामा पुरिएर दुई कामदारको मृत्यु

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत्

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा ।  भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो

भोटेकोशी बाढी प्रभावितका लागि ग्लोवल मनि एक्सप्रेसको २ करोड कोरियन वन सहयोग

काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

विनासकारी बाढीको ११ औं दिनमा एक चिनियाँ नागरिक र एक महिलाको जीवितै उद्धार

काठमाडौं । भोटेकोशीको विनासकारी बाढीको ११ औं दिनमा थप २