३१ बैशाख २०८१, सोमबार | May 13, 2024

बुटवल आएका डिएसपी पण्डितलाई स्वागत गर्दै सुनचाँदी व्यवसायीले मागे सुरक्षा



बुटवल । इलाका प्रहरी कार्यालय, बुटवलमा सरुवा भइ आएका नयाँ डिएसीपी विजयराज पण्डितलाई स्वाग गर्दै बुटवल सुनचाँदी व्यवसायी संघ, बुटवल शाखाले सुरक्षा माग गरेको छ । डीएसपीको स्वागत गर्दै ब्यवसायीहरुले सुनचाँदी व्यवसायीहरु सबैभन्दा बढी चोरी र लुटपाटमा पर्ने तर त्यसमा न्याय नपाउने गरेको गुनासो गरे । उनीहरुले सुनचाँदी व्यवसायीहरुप्रति सुरक्षा निकायको गलत धारणा रहेको उल्लेख गर्दै त्यसलाई मेटाएर जानु पर्ने सुझाव दिए ।

स्वागत कार्यक्रममा बोल्दै सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष जोगलाल विकले राज्यको गलत निती र शैलिका कारण सुनचादी व्यवसायी समस्यामा परेको उल्लेख गर्दै सुरक्षा निकायले त्यसमा समन्वयकारी भूमिका निर्वाह गर्न जरुरी रहेको धारणा व्यक्त गरे । उनले सुनचाँदी व्यवसायीहरु सबैभन्दा बढी चोरी र लुटपाटमा पर्ने तर त्यसमा न्याय नपाउने गरेको बताउदै सुनचादी कोटामा रहेको कमीले व्यवसायमा खरिद र विक्रिको समस्या रहेको जिकिर गरे ।

महासंघका केन्द्रीय सदस्य मानबहादुर विकले सुनचाँदी व्यवसायीहरुप्रति सुरक्षा निकायको गलत धारणा रहेको उल्लेख गर्दै त्यसलाई मेटाएर जानु पर्ने सुझाव दिए ।

कार्यक्रममा संस्थागत धारणा राख्दै संघका अध्यक्ष गकुल विश्वकर्माले सुनचाँदी व्यवसायीहरु सधै असुरक्षित भएर बस्नु परेको बताउदै व्यवसायमा रहेका समस्याहरुको समाधानका लागि सुरक्षा निकायबाट सहयोगको अपेक्षा व्यक्त गरे । उनले चोरीका घटनाहरु बढ्नु र पिडित व्यवसायीहरुले राहात नपाउँदा व्यवसाय धरापमा परेको बताए । त्यसैगरि उपभोक्ताहरुबाट खरिद गरेको सुनचाँदी विलको अभावले प्रशासनबाट ठगीमा प्रताडित हुनु परेको हुँदा त्यसमा व्यवसायीका बाध्यता र समस्यामा प्रहरीलाई व्यवहारिक बनि दिन उनले आग्रह गरे ।

सो अवसरमा बोल्दै डिएसपी पण्डितले समाजमा शान्तिसुरक्षा कायम गर्न राज्यले दिएको जिम्मेवारीमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाउदै त्यसका लागि नागरिक क्षेत्रबाट पनि समन्वय हुनु पर्ने कुरामा जोड दिए । उनले शान्ति सुरक्षामा आन्तरिक र वाह्य दुई चरणको प्रवन्ध जरुरी रहेको उल्लेख गर्दै सुनचादी व्यवसायीहरुलाई आन्तरिक सुरक्षामा ध्यान दिन आग्रह गरे ।

पण्डितले पछिल्ला दिनमा सुनचादी क्षेत्रमा रहेका वदमासीहरुमा आएको कमी र परिर्वतित अवस्थामा नयाँ ढंगले जानु पर्ने विषयमा सहकार्य गर्न जरुरी रहेको बताए । उनले त्यस अवसरमा सुनचादी व्यवसायीहरुलाई गलत मनसायले व्यवसाय सञ्चालन र कारोवार नगर्न पनि आग्रह गरे ।

संघको सभाहलमा आयोजित कार्यक्रममा पण्डितलाई संघका अध्यक्ष गकुल विश्वकर्मा, नेपाल सुनचादी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष जोगलाल विक, केन्द्रीय सदस्य मानबहादुर विकलगायत सुनचादी व्यवसायीहरुले खादा तथा माला लगाएर स्वागत गरेका थिए ।

कार्यक्रममा संघका प्रदेश सहसचिव हरिबहादुर सुनार, जिल्ला उपाध्यक्ष एसरत्न व्रज्राचार्य, जिल्ला महासचिव सिताराम रसाइली, सल्लाहाकार सुरेशरत्न वज्राचार्य, किशोर सेञ्चुरी लगायत बोलेका थिए ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ६ : ५५ बजे

नीति तथा कार्यक्रम प्रस्तुतिको तयारी बारे सभामुख र अध्यक्षबीच छलफल

काठमाडौं । जेठ १ गते संसद्को संयुक्त बैठकमा प्रस्तुत हुने

मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन सुदूरपश्चिमको प्रदेश सभा बैठक आव्हान

धनगढी । सुदूरपश्चिम प्रदेशको बैठक आह्वान गरिएको छ । बैठक

विश्व बैंकको अध्ययन- नेपालको वित्तीय संघीयता मध्यम गतिमा

काठमाडौं । वित्तीय संघीयता अन्तर्गत प्रदेश तथा स्थानीय तहमा सार्वजनिक

कांग्रेसको निस्कर्ष – संसदीय समिति गठन नभएसम्म संसद चल्दैन

काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठकले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो सुनसहित दुई जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना भारतीय नागरिकलाई