३१ बैशाख २०८१, सोमबार | May 13, 2024

सौराहामा सभाहल निर्माणको काम अन्तिम चरणमा



भरतपुर । चितवनको पर्यटकीय नगरी सौराहामा निर्माणाधीन सभाहलको काम अन्तिम चरणमा पुगेको छ । ३५ करोडको लगानीमा सभाहल निर्माण हुन लागेको हो । बाँकी दुई प्रतिशत काम यही महिनाभित्र सम्पन्न हुने सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख झपटबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार हलमा सिट राख्ने, रङरोगनका केही काम, सभाहल परिसरमा ‘ब्लक’ बिछ्याउनेलगायत सरसफाइको काम बाँकी छ । विसं २०७६ कात्तिक २२ गते रेलीगर कन्स्ट्रक्सन प्रालि ललितपुरसँग सम्झौता भई सभाहल निर्माणको काम सुरु गरिएको थियो ।

निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि विसं २०७९ वैशाख २१ गते म्याद थप गरेर काम गरिएको थियो । थपिएको समयमा सभाहलको काम सम्पन्न हुने चरणमा रहेको प्रमुख थापाले जानकारी दिए । उनले बजेट विनियोजन नभएका कारण निर्माण कम्पनीलाई पैसा भुक्तानी गर्न नसकिएको भन्दै यस वर्ष जम्मा डेढ करोड मात्र विनियोजन भएको बताए ।

सभाहलको क्षमता एक हजार जनाको छ । ठूलो हलसँगै एक सय ५० जना अट्ने र ५० जना अट्ने छुट्टाछुट्टै बैठक हलसमेत निर्माण गरिएको आयोजनाका इञ्जिनियर सुजन खतिवडाले जानकारी दिए । निर्माणको लागत रु ३५ करोड २२ लाख ७० हजार रहेको उनले बताए । सभाहल निर्माणले सामाजिक तथा आर्थिक विकाससँगै सौराहाको पर्यटनलाई थप विकसित बनाउने जनाइएको छ ।

रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले सभाहल सौराहाको पर्यटन विकासका लागि कोसेढुंगा सावित हुने बताए । रत्ननगरले अतिक्रमणमा परेको जग्गा फिर्ता ल्याएको ठाउँमा ‘सिटीहल’ निर्माण गरिएको हो ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  ९ : ४० बजे

बागमती प्रदेशसभाको बैठक आज बस्दै

बागमती । बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । बागमती

डिके तामाङ मेमोरिएल सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि सोल्टी युनाइटेडलाई

बुटवल । तिलोत्तमाको सिद्धार्थ ईङ्गलिस बोर्डिङ स्कूलमा भएको ‘डिके तामाङ

अर्थसहित चार संसदीय समितिको बैठक बस्दैँ

काठमाडौं । संघीय संसद अन्तर्गत आज चारवटा समितिको बैठक बस्दै

कांग्रेसको संसदीय दलको बैठक आज बस्दैँ

काठमाडौं । नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदैँ

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको