३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते



बुटवल । अर्घाखाँचीको भूमिकास्थानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ को ढाकावाङ्गमा लु १ ज १६७९ नम्बरको देउराली यातायात अर्घाखाँचीको सवारी जिप दुर्घटना हुँदा २ जनाको ज्यान गएको हो ।

दुर्घटनामा भूमिकास्थान-२ मुलटंकिका अन्दाजी ३०/३२ बर्षका देवा बेल्वासे र सन्धिखर्क ३ खापडाडाका अन्दाजी ४०/४२ वर्षका डेमकला आचार्यको मृत्यु भएको तथा पणेना-१ का कपिला खनाल पोख्रेल र सर्मिक पोख्रेल घाइते भएको अर्घाखाँची प्रहरी प्रमुख प्रतितसिंह राठौरले बताए । घाइतेको अवस्था सामान्य रहेको उनले बताए ।

शनिवार बिहान करिब ६ः३० बजे तिर ढाकावाङ्गबाट सन्धिखर्कका लागि छुटेको जिप चालकले इन्जिन बन्द नगरि न्युटलमा बीच बाटोमा छाडेर नजिकको पसलमा गएको बेला जिप आफै गुडेर सडकदेखि करिब २०० मिटर तल खसेको बताइएको छ ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  १० : २८ बजे

बुटवलको मिलनचोक डेल्टा कम्पेलेक्समा रहेको नेपाली लुगाघर ल्यायो ‘जीवन परिवर्तन योजना’

बुटवल । बुटवलको मिलनचोक डेल्टा कम्पेलेक्समा रहेको नेपाली लुगाघरले सेवाग्राहीलाई

राइटपाथले बुटवलमा ग्राण्ड एजुकेसन कनक्लेभ गर्ने

बुटवल । शैक्षिक परामर्श सेवा प्रदायक संस्था राइटपाथ करियर काउन्सिलिङले

नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पुनः ज्ञानेन्द्र प्रसाद ढुङ्गाना नियुक्त

काठमाडौं । नबिल बैंक लिमिटेडद्वारा बैंकको प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र

छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ : मुख्यमन्त्री महरा

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले बुटवलको गौशाला अवलोकन

प्रतिनिधिसभामा धकेला धकेल, बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रमुख