३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

प्रेस चौतारीले सार्वजनिक गर्‍यो पुरस्कृत हुने ६ जना पत्रकारको नाम



काठमाडौं । प्रेस चौतारी नेपालले विभिन्न विधामा दिइने पुरस्कार पाउने यसका वर्षका पत्रकारको नाम सार्वजनिक गरेको छ ।

चौतारीले हृदयचन्द्रसिंह प्रधान, अग्निशिखा स्मृतिसहित ६ वटा पुरस्कार प्रदान गर्ने गरेको छ । सार्वजनिक नामावलीअनुसार यसवर्ष हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कारबाट अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक अखण्ड भण्डारीलाई प्रदान गरिने भएको छ ।

अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार प्रेस चौतारीका पूर्ववरिष्ठ उपाध्यक्ष माधव नेपाललाई, चन्द्र न्यौपाने शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कारबाट जनताटाइम्सका सम्पादक यसिमा महतलाई, वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कारका लागि फणिदेव महतलाई, डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कारबाट रुकुमपूर्वका महेश केसी र सावित्रीदेवी-पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार काभ्रेकी काजल तामाङलाई प्रदान गरिने चौतारीले जनाएको छ ।

वरिष्ठ पत्रकार गोविन्द पोखरेलको संयोजकत्वमा चौतारीका महासचिव हिरामान लामा र सचिव हरिबल्लभ नेपाल रहेको समितिले पुरस्कृत पत्रकारको नाम चयन गरेको हो ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ३ : २९ बजे

एमाले बाँके अधिवेशनको तयारी पुरा, अध्यक्षमा ४ जना आकाँक्षी

नेपालगन्ज । नेकपा (एमाले)को नवौं अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको

अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याउनुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

मानव सेवा आश्रमको मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन

काठमाडौं । मानवसेवा आश्रम सहयोगार्थ रु एक करोड ५० लाख

बाँकेमा रोकिएन नदीजन्य पदार्थको अवैध उत्खनन

नेपालगन्ज । बाँकेको राप्ती नदीमा अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन गर्नेक्रम