५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

प्रेस चौतारीले सार्वजनिक गर्‍यो पुरस्कृत हुने ६ जना पत्रकारको नाम



काठमाडौं । प्रेस चौतारी नेपालले विभिन्न विधामा दिइने पुरस्कार पाउने यसका वर्षका पत्रकारको नाम सार्वजनिक गरेको छ ।

चौतारीले हृदयचन्द्रसिंह प्रधान, अग्निशिखा स्मृतिसहित ६ वटा पुरस्कार प्रदान गर्ने गरेको छ । सार्वजनिक नामावलीअनुसार यसवर्ष हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कारबाट अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक अखण्ड भण्डारीलाई प्रदान गरिने भएको छ ।

अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार प्रेस चौतारीका पूर्ववरिष्ठ उपाध्यक्ष माधव नेपाललाई, चन्द्र न्यौपाने शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कारबाट जनताटाइम्सका सम्पादक यसिमा महतलाई, वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कारका लागि फणिदेव महतलाई, डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कारबाट रुकुमपूर्वका महेश केसी र सावित्रीदेवी-पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार काभ्रेकी काजल तामाङलाई प्रदान गरिने चौतारीले जनाएको छ ।

वरिष्ठ पत्रकार गोविन्द पोखरेलको संयोजकत्वमा चौतारीका महासचिव हिरामान लामा र सचिव हरिबल्लभ नेपाल रहेको समितिले पुरस्कृत पत्रकारको नाम चयन गरेको हो ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ३ : २९ बजे

जितेन्द्र नारायण देव पुनः कांग्रेसमै फर्किए

काठमाडौं । नेकपा एमालेबाट अलग भएर बसेका जितेन्द्र नारायण देवले

पूर्वीतराई जोड्ने दिक्तेल-रेग्मीटार सडकमा घर्तीभिरको चट्टान फुटाउन सुरु

खोटाङ । प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारलाई पूर्वी तराईका जिल्लासँग

दुर्गा प्रसाईंको गिरफ्तारीप्रति आजपाको आपत्ति, बिना सर्त रिहा गर्न माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले दुर्गा

नेपालको अन्तिम चुनौती आज, विश्वकपको समापन खेलमा स्कटल्यान्डसँग प्रतिस्पर्धा

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो

दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

दाङ । यहाँ पछिल्लो समय तोरी उत्पादनमा वृद्धि भएको छ