५ जेष्ठ २०८१, शनिबार | May 19, 2024

बसाइँसराइको असरबारे प्राज्ञिक अध्ययन गर्न आग्रह



काठमाडौं । बढ्दो आन्तरिक र बाह्य बसाइँसराइले पार्ने आर्थिक सामाजिक असर र हिमाल, पहाड तथा तराईमा समानुपातिकरुपमा आधारभूत सेवा सुविधाको प्रबन्धका लागि नीतिगत बहस हुनुपर्नेमा जोड दिइएको छ ।

नेपालस्थित संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय अप्रवासन कार्यालयको सहकार्यमा त्रिभुवन विश्वविद्यालय, केन्द्रीय जनसङ्ख्या विभागले आज आयोजना गरेको प्राज्ञिक बहसमा वक्ताहरुले हिमालबाट सहरी र तराई क्षेत्र तथा विदेशमा बसाइँसराइ बढ्दो भएकाले यसका कारण र न्यूनीकरणका उपाय खोजी हुनुपर्नेमा जोड दिए ।

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक सङ्कायका डीन प्राडा कुशुम शाक्यले मानिसको जन्म र मृत्यु प्राकृतिक भए पनि बसाइँसराइ अप्राकृतिक भएको बताउँदै पछिल्लो राष्ट्रिय जनगणनामा देखिएको बसाइँसराइका तथ्याङ्कलाई केलाउन उपयुक्त नीति आवश्यक भएकोमा जोड दिइन् ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख डा हेमराज रेग्मीले जन्मदर बढी हुने विगतको समस्या हाल नेपालमा नरहे पनि बसाइँसराइ एक समस्या र आयाम भएको बताए । उनले पछिल्लो जनगणनामा नेपालभित्र र विदेशमा गरी करिब ४४ लाख नेपाली बसाइँसराइ भएको देखिएको जानकारी दिए ।

जनसङ्ख्या विभागका प्रमुख डा योगेन्द्रबहादुर गुरुङले बसाइँसराइको असरबारे अध्ययन गर्नु प्रज्ञिक जगतको काम भएकाले त्यसतर्फ लाग्नुपर्ने बताए । प्राडा दिनेश भुजुले भने पुर्खादेखि नै बसाइँसराइ गरिरहने भएकाले यसलाई चिन्ताको विषय मान्न नहुने तर्क राखे ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  १ : २० बजे

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु

आज रातीबाट दोस्रो पटक नेपालगन्ज नाका सिल

नेपालगन्ज । स्थानीय प्रशासनले आज रातीबाट नेपाल भारत सीमाको बाँके

एमाले बाँके नवौं अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदारी, निर्वाचन आइतबार बिहानै

नेपालगन्ज । बाँकेमा जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सर्व

संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध

भरतपुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया