८ चैत्र २०८२, आइतबार | March 22, 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा बर्थिङ सेन्टर र बाल सघन उपचार सुरु



लुम्बिनी । लुम्बिनी प्रादेशिक अस्पतालले बर्थिङ सेन्टर र बाल सघन उपचार कक्ष (पिआइसियु) सेवा सुरु भएको छ ।

परिवारका सदस्य र विशेषज्ञ चिकित्सकसहित प्रसुति सुविधासहितको बर्थिङ सेन्टर अस्पतालको ब्लक ‘सी’ को पहिलो तल्ला र २८ दिनदेखि १४ वर्षसम्मका बालबालिकाको सघन उपचार गर्न अस्पतालको ब्लक ‘सी’ तेस्रो तल्लाबाट यो सेवा उपलब्ध गराइएको प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापाले बताए ।

उक्त सेवाको आज लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री राजु खनालले उदघाटन गरे । सो अवसरमा बोल्दै उनले मन्त्रालयले प्रदेशका १३ वटा अस्पताल व्यवस्थापन गर्दै आएको र अहिले मन्त्रालयबाट सबैभन्दा धेरै लगानी लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको बताए । उनले अस्पतालमा देखिएका भौतिक एवं जनशक्ति अभावलाई व्यवस्थापन गर्ने काम भइरहेको बताए ।

स्वास्थ्यमन्त्री खनालले मातृ र बाल मृत्युदर उच्च भएको तथ्याङ्क रहेको बेला लुम्बिनी प्रादेशिक अस्पतालमा थपिएको बर्थिङ सेन्टर र पिआईसियुले मृत्युदर घटाउन सहयोगी बन्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा जनार्दन पन्थीले पुरानो र धेरैले सेवा लिने लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा बिस्तारसँगै गुणस्तरीय सेवा दिनुपर्ने बताए । उनले सरकारले आवश्यक स्वास्थ्यकर्मी तथा बजेटका लागि मन्त्रालयले सक्दो सहयोग गरिरहेको बताए ।

त्यस अवसरमा प्रदेश स्वास्थ्य निर्देशक डा विनोद गिरीले सामान्य केसलाई बर्थिङ सेन्टरमा गर्दा जटिल बिरामीले पालो नपाउने अवस्था आउनसक्ने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे । अस्पतालमा सुरु भएको बर्थिङ सेन्टरको बेड बढाउन आवश्यक रहेको भन्दै आमा र बच्चा रिफर गर्न नपर्ने अवस्था सृजना गर्न निर्देशन दिए ।

लुम्बिनी प्रादेशिक अस्पतालका बाल रोग विभाग प्रमुख डा किरणमणि पौडेलले बालबालिकाको स्याहारसुसारमा समस्या रहेको अवस्थामा अहिले राम्रा पहल भइरहेको बताए । उनले लुम्बिनी प्रदेश सरकारको सहयोगमा छ शय्याबाट सुरु गरेको बताए ।

अस्पतालका प्रसूति विभाग प्रमुख डा बिबि राउतले सरकारले गर्भवती सेवा सरकारी अस्पतालमा निःशुल्क गरेपछि सेवाग्राही बढेको अवस्थामा यसको आवश्यकतामा ध्यान नदिएको भए पनि पछिल्लो समय यसको आवश्यकतालाई महसुस गरेर बर्थिङ सेन्टर स्थापना गरिएको बताए ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  १० : १९ बजे

ताप्लेजुङको डाँडाकाँडा सेताम्मे

फुङ्लिङ । दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक

बुटवल-नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा

पाल्पा टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

तानसेन । पाल्पामा शनिबार बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामाबारे निर्णय हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।