८ कार्तिक २०८३, आइतबार | October 26, 2026

बागमती प्रदेश संसद् अधिवेशन बोलाउन एमालेको माग



मकवानपुर । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेशसभा अधिवेशन छिटो बोलाउन माग गरेका छन् ।

एमाले बागमती प्रदेश संसदीय दलको कार्यालय हेटौँडामा पत्रकार सम्मेलन गर्दै नेता थपलियाले सरकारसँग बैठक बोलाउन माग गरेका हुन् । उनले बैठक नबोलाएकोमा सरकारप्रति शङ्का लागेको बताए। प्रदेश सरकारले सीमित व्यक्ति र क्षेत्रमा बजेट किताबमा समावेश नभएका योजनामा बजेट विनियोजन गर्ने काम गरिरहेको नेता थपलियाको आरोप थियो ।

सरकारले माघ महिनाको अन्त्यसम्ममा समेत संसद् अधिवेशन आह्वान नगरे २५ प्रतिशत सांसदको हस्ताक्षर सङ्कलन गरी बैठक आह्वान गर्न दबाब दिने नेता थपलियाले पत्रकार सम्मेलनमा चेतावनी दिए । विपक्षी दलले दिएको सुझाव र सम्झौता सरकारले कार्यान्वयन नगरे अन्य कदम चाल्ने नेता थपलियाको भनाइ रहेको छ ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  २ : ३८ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको