१९ असार २०८३, शुक्रबार | July 3, 2026

रुपन्देहीमा बस्ने तामाङ समुदायले धुमधामसँग मनाए सोनाम ल्होसार



बुटवल । २८६० औ सोनाम ल्होसार (नयाँवर्ष) लाई रुपन्देहीमा बसोबास गर्दै आएका तामाङ समुदायले धुमधामकासाथ मनाएका छन् । उनीहरुले धार्मिक संस्कार अनुसार पुजापाठ र शुभकामना आदानप्रदान गरि सोनाम ल्होसार मनाएका हुन् ।

नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति रुपन्देहीको आयोजनामा समुदायको तामाङ कुलपुजा बुद्धगुम्बामा भएको थियो । पूजा पछि आयामेजित औपचारीक कार्यक्रमलाई समबोधन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले सबै जातजातीहरुको आ(आफनो पहिचानलाई प्रवर्द्धन गर्नुपर्ने बताए । उनले बुटवल सबै जातजातीको साझा उपमहानगर भएको चर्चा गर्दै सबैको संरक्षण र सम्बद्र्धन गर्न आफु प्रतिबद्ध रहेको बताए ।

डुक÷ल्हो स्वागत र ह्वयोई÷ल्हो बिदाई कार्यक्रममा बोल्दै नेवाः पुचका कोषाध्यक्ष चिरञ्जीवी प्रसाद श्रेष्ठ, घेदुङका केन्द्रित सदस्य वीर बहादुर घिसिङ, केन्द्रिय सदस्य बिर बहादुर घिसिङले पंचपात्र मन्जुश्री आधारमा मनाईने यो पर्वको आफनै महत्व रहको बताए ।

आफ्नो भाषा, धर्म, संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्दै आएको तामाङहरु वर्षदिनमा एकैठाउमा परिवार आफन्त भेटघाट भएर मिठामिठा खाना खाने र रमाईलो गर्ने घेदुङका अध्यक्ष राजेश लामाले बताए ।

तामाङहरुले यस वर्षको ल्होसार सप्ताहब्यापी रुपमा रक्तदान, दीप प्रज्जलन लगायतका कार्यगरि सोनाम ल्होसार मनाएका छन । रुपन्देहीमा २५० घरधुरीमा ३ हजार जति तामाङ जनसंख्या रहेको छ ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  १० : ४१ बजे

बालेन्द्र सरकारमाथि एमालेको तिखो टिप्पणी : ‘१०० दिनमा सुशासन होइन, विवाद र असफलता’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बालेन्द्र शाह नेतृत्वको सरकारको

एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने

जेनेभा । संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ)ले एल

केयूको ३१औँ दीक्षान्तमा पन्ध्र सय विद्यार्थी दीक्षित

काभ्रेपलाञ्चोक । काठमाडौ विश्वविद्यालय (केयू) को ३१औँ दीक्षान्त समारोह (दोस्रो

स्वास्थ्य बीमा बोर्डद्वारा मङ्सिरसम्मको रकम भुक्तानी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई चालु

बैतडीमा यात्रुवाहक बस दुर्घटना, कम्तीमा १६ जना घाइते

काठमाडौं । कैलालीको धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुवाहक बस बैतडीमा