२१ माघ २०८२, बुधबार | February 4, 2026

विद्युतीय उर्जाबाटै देशको समृद्धी : भौतिकमन्त्री चौधरी



बुटवल । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री धर्मबहादुर चौधरीले विद्युतीय उर्जाको प्रयोगबाट मुलुकले समृद्धि हासिल गर्न सक्ने बताएका छन । उनले आयातित एलपी ग्यासको निर्भरता कम गर्दै विद्युतको खपत बढाउनुपर्नेमा जोड दिए ।

वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रले आयोजना गरेको विद्युतीय चुलो राष्ट्रिय अभियान नेपालको कार्यक्रममा सोमबार बुटवलमा बोल्दै मन्त्री चौधरीले नेपालमा उत्पादन भएको विद्युत् बिदेशमा बेचेर अर्थतन्त्र सुधारमा महत्वपूर्ण भुमिका खेल्न सक्ने बताए । स्वदेशी विद्युत् खपत बढाउन विद्युतीय चुलोको प्रयोगसँगै रोपवेजस्ता प्रविधिहरुको प्रवद्र्धन गर्न सकिएमा आयातीति इन्धनको निर्भरता कम गर्न सकिने र यसले राष्ट्रिय अर्थतन्त्रमा बल पुग्ने विश्वास व्यक्त गरे । उनले ग्रामीण क्षेत्रमा निर्माण गरिएका लघुजलविद्युत् आयोजना, वायोग्यासजस्त प्रविधिको दिगो सञ्चालनबाट स्वच्छ भान्छाको अभियान सफल हुने बताए ।

प्रदेश सरकारले यस्ता अनुदानका कार्यक्रममा विपन्न नागरीकलाई प्राथमिकता दिएर बिभिन्न कार्यक्रम सञ्चालन गरीरहेको मन्त्री चौधरीले बताए । आगामी दिनमा उर्जा क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्ने प्रतिबछता जनाए ।

कार्यक्रममा सामुदायिक विद्युत् उपभोक्ता महासंघ नेपालका अध्यक्ष नारायण ज्ञवालीले मुलुक विद्युतीय ऊर्जामा आत्मनिर्भर हुदै गइरहेको अबस्थामा विद्युतीय चुलाको प्रयोगलाई बढाउँदै लैजानुपर्ने र यसका लागि तीनै तहका सरकार, निजी क्षेत्र र सहयोगी दातृ संस्थाले उपयुक्त नीति, कार्यक्रम र योजना तर्जुमा गर्नुपर्ने बताए । नेपालमा २९ सय मेघावाट विद्युत् राष्ट्रिय प्रशारणमा जोडीएको बताउँदै उनले यहाँको माग २ हजार मेघावाट मात्रै रहेको बताए ।

सो अवसरमा भौतिक पुर्वाधार मन्त्रालयका सचिव सुनिल पौडेल, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका सहायक कार्यकारी निर्देशक नवराज ढकाल लगायतले नेपालको आर्थिक समृद्धि र जनताका जीवनस्तरमा सुधार ल्याउन विद्युतीय चुलोको प्रवद्र्धन गर्नुको विकल्प नभएको तर्क गरे । सबैको सामुहिक प्रयासबाट मात्रै विद्युतीय चुलो प्रवद्र्धन गर्न सकिनेमा जोड दिए ।

कार्यक्रममा नेपाल नविकरणीय उर्जा प्रवद्र्धन कार्यक्रमका डाइरेक्टर सुमन बस्नेतले आयातित ग्यासलाई न्यूनीकरण गरी स्वदेशमै उत्पादन भएको विद्युतको खपत बढाउने उद्देश्यले २०७५ सालदेखि विद्युतीय चुलो राष्ट्रिय अभियान सुरु गरिएको बताए । काठमाडौंबाहिर पहिलो पटक लुम्बिनी प्रदेशमा अन्तक्र्रिया कार्यक्रम आयोजना गरीएको उनले बताए ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ६ : १३ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता