८ जेष्ठ २०८३, शुक्रबार | May 22, 2026

सार्वजनिक खरिद ऐन संघीयता विरोधी भयो : मन्त्री श्रेष्ठ

प्रदेश सरकारले पत्रपत्रिकालाई सुचनासम्म दिन सकेन



हेटौँडा । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले सार्वजनिक खरिद ऐन संघीयता विरोधी रहेको बताएका छन् ।

बुधबार हेटौंडामा आयोजित ‘पत्रपत्रिका सञ्चालनमा देखिएका समस्या र समाधानका उपायहरू’ विषयक अन्तरक्रियामा बोल्दै मन्त्री श्रेष्ठले सार्वजनिक खरिद ऐन संघीयता बिरोधी रहेको बताएका हुन् । उनले नियमावली समेत संघीयता बिरोधी भएको बताए ।

मन्त्री श्रेष्ठले सार्वजनिक खरिद ऐन अनुसार २० लाख रुपैयाँभन्दा बढीका योजनाको सूचना राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गर्नुपर्ने हालको बाध्यात्मक व्यवस्थाको कारण स्थानीय पत्रिकाहरुलाई सूचना दिएर सहयोग गर्न नसकेको बताए । उनले छापाखाना तथा प्रकाशन ऐन २०४८ संशोधन नहुँदा प्रदेशमा पत्रपत्रिका हस्तान्तरण नभएको कारण पनि पत्रपत्रिकालाई प्रदेशले सहयोग गर्न अप्ठ्यारो परेको बताए । उनले प्रदेशमा पत्रपत्रिका हस्तान्तरण हुने बित्तिकै काम गर्न सक्ने गरी बागमती प्रदेशमा कानुन निर्माण भने गरिसकेको बताए । मन्त्री श्रेष्ठले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई नचिन्ने ऐन संशोधनका लागि संघ सरकारको ध्यानाकर्षण गराएको पनि बताए ।

मन्त्री श्रेष्ठले प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ तीन पटक र नियमावली चौथो पटक संशोधन भैसकेको प्रसङ्ग उल्लेख गर्दै पत्रपत्रिका र आम सञ्चार माध्यमको विकास गर्न आवश्यकता अनुसार संशोधन गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गरे । उनले प्रबिधिको विकास द्रुत गतिमा भइरहेको भन्दै पत्रपत्रिकालाई बचाउन विद्यमान तौरतरिकामा समेत परिवर्तन गर्नुपर्नेमा जोड दिए । उनले पत्रपत्रिका केवल समाचार र विचारको साधन मात्रै नभएर समाजको अभिलेख र इतिहास भएको बताए ।

आमसञ्चारका माध्यमले उत्पादन र वितरण गरेका सूचना र ज्ञानका आधारमा नागरिकले विचार निर्माण गर्ने उनको भनाई छ । उनले आमसञ्चारको माध्यमलाई ज्ञानमा आधारित उद्योगको रूपमा विकास गर्न बागमती प्रदेश प्रतिबद्ध रहेको पनि बताए ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ८ : १९ बजे

तिनाउको ड्यामसाइडमा डुबेका भारतीय युवक मृत फेला

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिकामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता

निर्माण व्यवसायीका समस्या समाधान गर्न समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले निर्माण व्यवसायीका समस्या समाधान

आगामी साता लगातार ४ दिन सार्वजनिक बिदा

काठमाडौं । सरकारले इस्लाम धर्मावलम्बीको पर्व बकर ईद (ईद-उल-अजहा) अवसरमा

लापर्वाही गर्ने र अनावश्यक रूपमा ढिलाइ गर्ने व्यवसायीप्रति राज्य कडा रूपमा प्रस्तुत हुने

काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण व्यवसायीले उठाएका समस्या

असामान्य वर्षाः प्रि–मनसुनको झरी, सम्भावित ‘सुपर एल निनो’ र सुक्खा मनसुनको चुनौती

काठमाडौँ । यस वर्ष नेपालको मौसमी अवस्था सामान्यभन्दा निकै फरक