४ भदौ २०८३, बिहिबार | August 20, 2026

बुटवलमा चौधौं संस्करणको जीपि कोईराला महिला भलिबल प्रतियोगिताको तयारी



बुटवल । बुटवलमा चौधौं संस्करणको जीपि कोईराला स्मृति महिला भलिबल रनिङ शिल्ड प्रतियोगिताको तयारी गरिएको छ । जीपि कोईराला स्मृति प्रतिष्ठानले स्वर्गीय गिरिजाप्रसाद कोईरालाको चौधौं स्मृति दिवसको अवसरमा यहि फागुन ५ र ६ गते बुटवलमा महिला भलिबल रनिङ शिल्ड प्रतियोगिता गर्न लागिएको बिहिबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो ।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा सहयोगमा सञ्चालन गर्न लागिएको प्रतियोगितामा बुटवल उपमहानगरपालिका सहित तिलोत्तमा, सैनामैना र देवदह नगरपालिकाका विद्यालयलाई सहभागी गराईने प्रतिष्ठानका अध्यक्ष रामबहादुर कार्कीले जानकारी गराए । यस अगाडिसम्म बुटवल उपमहानगरपालिका भित्रका विद्यालय मात्रै सहभागी गराउदै आएकोमा यसलाई अझै फराकिलो गराउन छिमेकी पालिकालाई पनि समेटिएको उनले बताए ।

ज्ञानोदय माध्यमिक विद्यालयको प्राङ्गढमा सञ्चालन गरिने प्रतियोगितामा २० टिम सहभागी हुने र प्रतियोगिताको तयारीको काम भईरहेको प्रतिष्ठानका उपाध्यक्ष काजिमान श्रेष्ठले बताए ।

प्रतियोगितामा प्रथम हुने टिमलाई २० हजार रुपैंया नगद पुरस्कार सहित रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै द्वितीय हुनेलाई १५ हजार, तृतीय हुनेलाई १० हजार र चौथो हुनेलाई सान्त्वना स्वरुप ५ हजार नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतिष्ठानका सचिव तथा कार्यक्रम संयोजक परमानन्द भट्टराईले जानकारी गराए । यस अगाडि बुटवलको एभरेष्ट माविले जितेको थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  ५ : २१ बजे

उद्योगी व्यवसायीको एजेण्डाबाट विमुख उद्योग वाणिज्य संघको निर्वाचन

नेपालगन्ज । बाँकेको नेपालगन्जका व्यवसायीलाई यतीबेला चुनाव लागेको छ ।

‘पार्वती’को ट्रेलर सार्वजनिक, दिदी-भाइको भावनात्मक कथा देखाउँदै

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म

प्रतिनिधिसभाको दुई तिहाइले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सत्तारूढ दलका

हिमालयन उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गर्ने

काठमाडौं । रसुवाको उत्तरी क्षेत्र गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड

बागमतीमा ढल विसर्जन रोक्न पूर्वाधार विकास समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल