२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बुटवलमा चौधौं संस्करणको जीपि कोईराला महिला भलिबल प्रतियोगिताको तयारी



बुटवल । बुटवलमा चौधौं संस्करणको जीपि कोईराला स्मृति महिला भलिबल रनिङ शिल्ड प्रतियोगिताको तयारी गरिएको छ । जीपि कोईराला स्मृति प्रतिष्ठानले स्वर्गीय गिरिजाप्रसाद कोईरालाको चौधौं स्मृति दिवसको अवसरमा यहि फागुन ५ र ६ गते बुटवलमा महिला भलिबल रनिङ शिल्ड प्रतियोगिता गर्न लागिएको बिहिबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो ।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा सहयोगमा सञ्चालन गर्न लागिएको प्रतियोगितामा बुटवल उपमहानगरपालिका सहित तिलोत्तमा, सैनामैना र देवदह नगरपालिकाका विद्यालयलाई सहभागी गराईने प्रतिष्ठानका अध्यक्ष रामबहादुर कार्कीले जानकारी गराए । यस अगाडिसम्म बुटवल उपमहानगरपालिका भित्रका विद्यालय मात्रै सहभागी गराउदै आएकोमा यसलाई अझै फराकिलो गराउन छिमेकी पालिकालाई पनि समेटिएको उनले बताए ।

ज्ञानोदय माध्यमिक विद्यालयको प्राङ्गढमा सञ्चालन गरिने प्रतियोगितामा २० टिम सहभागी हुने र प्रतियोगिताको तयारीको काम भईरहेको प्रतिष्ठानका उपाध्यक्ष काजिमान श्रेष्ठले बताए ।

प्रतियोगितामा प्रथम हुने टिमलाई २० हजार रुपैंया नगद पुरस्कार सहित रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै द्वितीय हुनेलाई १५ हजार, तृतीय हुनेलाई १० हजार र चौथो हुनेलाई सान्त्वना स्वरुप ५ हजार नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतिष्ठानका सचिव तथा कार्यक्रम संयोजक परमानन्द भट्टराईले जानकारी गराए । यस अगाडि बुटवलको एभरेष्ट माविले जितेको थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  ५ : २१ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ