५ श्रावण २०८३, मंगलबार | July 22, 2026

नेपालगन्जमा ‘ म्यूजिक फर हार्मोनी ’हुने



नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक ‘ म्यूजिक फर हार्मोनी ’ ( सद्भावका लागि संगीत) कार्यक्रम हुने भएको छ । अन्तरालको व्यवस्थापनमा नेपाल कल्चर फेस्टिवलको अवसर पारेर ‘ म्यूजिक फर हार्मोनी ’ गर्न लागिएको हो ।

म्यूजिक फर हार्मोनीकालागि राष्टि«य अन्तराष्ट्रिय रुपमै ख्यातिप्राप्त व्याण्ड ‘कुटुम्व ’ तथा गायिका झुमा लिम्बु र रैथाने व्याण्डले पहिलो पटक सहकार्य गर्दैछन् । ‘कुटुम्ब’ले नेपाली लोक बाजाहरुको प्रर्वद्धन, अनुसन्धान र संरक्षणलाई प्रमुखता दिई नेपाली लोकधुनहरुलाई नेपाल मात्र होईन, संसारका धेरै देशका सांगीतिक मञ्चहरुमा प्रस्तुत गरिसकेको छ ।

नेपाली लोक वाजा र धुनहरुलाई नयाँ पुस्ता माझ पुर्याउन कुटुम्बको ठूलो भूमिका रहँदै आएको छ। पुराना नेपाली लोक गीतहरुको धुनलाई पूर्णतः लोकबाजा वाटै प्रस्तुत गरेर कुटुम्बले नयाँ पुस्ताका दर्शकहरुलाई पनि जुरुक्कै उचाल्ने गर्दछ ।

त्यसैगरि गायिका झुमा लिम्वु ‘ भर्सटाईल ’ गायिका हुन् । नेपाली रैथाने संगीतमा गहिरो अध्ययन गरेकी झुमाले विदेशी भूमिमा धेरै प्रस्तुति दिएकी छन् ।

‘म्युजिक ट्रयाक ’ मा गीत नगाउने पहिचान बनाएकी लिम्वुले विदेशी र स्वदेशी संगीतकर्मीहरुलाई समेटेर ‘ रैथाने ’ व्याण्ड मार्फत काम गरिरहेकी छन् । सुदूर पश्चिमको देउडा देखि विभिन्न भाषा भाषीका गीत, पूर्वको लिम्वु संस्कृतिको पालाम सम्म आफ्नो स्टेज प्रस्तुतिमा समेट्ने गरेकी झुमा लिम्वु चलचित्रका गीत र पार्श्व गायनमा समेत सक्रिय छन् ।

झुमा सहितको टिमले नेपाली मौलिक बाजाहरुको अध्ययन गर्ने क्रममा आफैले केही नयाँ बाजाहरु वनाएका छन् ।

‘ देशै भरको संस्कृति एकै ठाउँमा झल्काउने गरि आयोजना गरिएको नेपाल कल्चर फेस्टिवल को तयारी तीब्र पारिएको छ’– अन्तरालका कार्यक्रम संयोजक गणेश राईले भने -‘ म्यूजिक फर हार्मोनीले नेपालगंजवाट संसारलाई सद्भावको सन्देश दिनेछ ।’

नेपालगंज रंगशालामा हुने यस कार्यक्रमको टिकट विक्री केही दिनमै शुरु हुनेछ भने विद्यार्थीलाई विशेष सहुलियत हुनेछ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ४ : ३५ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं