३१ असार २०८३, बुधबार | July 16, 2026

प्रदेश सरकारको नाक खुम्चाउने बाटोको विकास, कहिले पाउने निकास ? (फोटो फिचर)



बुटवल । प्रदेश ५ सरकारको अस्थायी मुकाम हो बुटवल । बुटवललाई नै स्थायी राजधानीको रुपमा विकास गर्ने गरी विभिन्न समयमा छलफल समेत भएका छन् । संभावनाको हिसावले प्रदेश ५ को स्थायी राजधानी बुटवलमा नै हुने करिव पक्का छ ।

तर त्यहि प्रदेशको राजधान, बुटवलको मुख्य – मुटुको रुपमा पहिचान बनाएको बुटवलको बाटोको अवस्था भने अहिले उदेकलाग्दो छ । बुटवलको मुख्य राजमार्ग (पुर्व–पश्चिम), सिद्धार्थ राजमार्ग(उत्तर–दक्षिण)को मुख्य विन्दुको रुपमा रहेको पुष्पलाल पार्क, महेन्द्र पार्कको बाटोको अवस्था देख्दा प्रदेश राजधानीमा प्रवेश गर्ने जो कोहीको पनि नाक खुम्चिने गरेको छ ।

यसरी नाक खुम्चिन लागेको नयाँ भने होईन । एक पटक निर्माण सम्पन्न भएपछि पटक पटक मर्मत संहार गरिदै आएको यो बाटोको दिगोपनाको विषयमा पटक पटक प्रश्न चिन्ह खडा हुदै आएका छन् । निर्माण सम्पन्न भएपछि सरकारलाई हस्तानान्तरण गरेपनि करिव ५ वर्षसम्म ठेकेदार कम्पनीले नै नियमित रुपमा मर्मत संहार गर्नुपर्ने प्राबधान छ । तर यो बाटो निर्माण भएको करिव ५ बर्षमा नै तहसनहस भएको छ ।

राजमार्गकै बीचमा ठुल ठुला खाडल परेको कारण सबैतिरबाट विरोध हुँदै आएको छ । राजमार्ग निर्माणको क्रममा नै उपडखपड बनाएर निर्माण गरिएको कारण प्राविधिक रुपमा त्रुटि पहिला नै थियो । जसका कारण सडकको पानी नालीमा नभई बाटोबाट नै बग्न थाल्यो । अहिले सडकमा झन ठुला ठुला भ्वांग परेका छन् ।

ति खाडल र भ्वांग टाल्नको लागि प्रयास गरिए पनि त्यो असफल हुँदै आएको छ । एक पटक विस्तार भैसकेको सडक पुनः विस्तार गरी ८२ फुट कायम गर्ने गरी गरिएको अदालतको फैसलालाई समेत पटकपटक अवरोध गरिएको छ । रिट हाली विचाराधीन बनाइएको छ ।

पछिल्लो समयमा भने पुनः सर्वोच्च अदालतले समेत त्यो आदेशलाई पुनारावोलन गरी बाटो विस्तार गर्नको लागि अनुमति दिएको थियो । तर सडक विभाग भने बाटो विस्तार गर्दा सडक पनि मिलाउने भन्दै बसेको पनि महिनौं दिन भैसक्यो । जसको कारण वर्षामा हिलो तर हिउँदमा धुलो प्रदेशमा आउदाँ प्रदेशवासीहरु मात्रै होईन, सबैको स्वागतमा पस्किने चिज बनेको छ ।

सडकक डिभिजन कार्यलय बुटवलका प्रमुख मेघराज मरासिनीले पनि सडक विस्तारको काम हिउँदमा हुने र सोही अनुसारको ठेक्का गर्ने गरी काम अघि बढाउने बताउँछन् ।

सडक निर्माण गर्दा प्राविधिक रुपमा त्रुटि भएको स्वीकार गर्दै उनले अब भने प्राविधिक रुपमा गल्ती हुन हुन नदिने दाबी गर्छन् । मरासिनीले सडक विस्तार गर्दा त्यो बाटो पनि पुनः उप्काएर बनाउने भएको कारण अहिले सामान्य मर्मत संहार मात्रै गरेर काम चलाउने र पुनः विस्तृत रुपमा बनाउने भएको कारण अहिलेलाई थाती राखिएको जानकारी दिए ।

(फोटो फिचर)

 

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ३ : २४ बजे

विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा चार ‘एमिकस क्युरी’ सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा

गिद्धका लागि रेष्टुरेन्ट : गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही

नियमावलीका केही प्रावधानप्रति ईक्यान रुपन्देहीको असन्तुष्टि, संशोधनका लागि पहल गर्ने

बुटवल । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको “शैक्षिक