१७ पुस २०८२, बिहिबार | January 1, 2026

आज प्रजातन्त्र दिवस, सार्वजनिक बिदा



काठमाडौं । २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज (सोमबार) ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै छ ।

प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले १९९७ माघमा बलिदानी दिएका थिए । प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रुपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरुलाई मृत्युदण्ड दिइएको थियो ।

१०४ वर्षीय जहानियाँ राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरेपछि राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भएर प्रजातन्त्र स्थापना भएको घोषणा गरियो । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो ।

२००० सालपछि स्थापना भएका नेपाल प्रजातन्त्र कांग्रेस र नेपाली राष्ट्रिय कांग्रेसको २००६ सालमा एकीकरण भयो । नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो ।

फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेष रुपमा यो दिवस मनाउँदै आएको छ । दिवसका उपलक्ष्यमा सार्वजनिक बिदा समेत दिने गरिएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ७ : १२ बजे

चोरीका नगद तथा गरगहनासहित दाङबाट एक जना पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–४ बालुवाटारबाट ठूलो रकम तथा विभिन्न गरगहना

‘हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन’ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि

नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाको राष्ट्रिय

किया नेपालको शोरुम बुटवलको कालिकानगरमा सञ्चालन

बुटवल । किया नेपालले बुटवलको कालिकानगरमा आफ्नो नयाँ शोरुम सञ्चालनमा