३ जेष्ठ २०८३, आइतबार | May 17, 2026

बारामा मोटरसाइकलबाटै बाघले लछारेपछि…



बारा । बारामा बाघले आक्रमण गर्दा दुई जना घाइते भएका छन् । घाइते हुनेमा रौतहट बौधिभाई नगरपालिका-३ का ३० वर्षीय कृष्ण साह र सोही ठाउँका ३५ वर्षीय राजु साह रहेका छन् ।

बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार उनीहरू मोटरसाइकलमा सवार भएकै अवस्थामा बुधबार अपराह्न बाघले आक्रमण गरेको हो ।

अपराह्न पौने ५ बजे साहद्वय चढेको ना ३६ प ५०११ नम्बरको मोटरसाइललाई बाघले झम्टेको थियो ।

जितपुर-सिमरा उपमहानगरपालिका-१६ भद्रकालीस्थित पूर्व-पश्चिम राजमार्गमा पथलैयाबाट रोतहटतर्फ जाँदै गरेको मोटरसाइकललाई बाघले झम्टेको हो ।

उनीहरूको सामुदायिक अस्पताल निजगढ बारामा उपचार भइरहेको छ । बाघले झम्टिँदा मोटरसाइकलबाट लडेर दुबै जना घाइते भएका हुन् । चालक कृष्णको खुट्टामा र पछाडि सवार राजुको टाउको, बायाँ र दायाँ हातमा चोट लागेको छ ।

राजुलाई बाघले लछारेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए । उक्त क्षेत्रमा बाघले आक्रमण गर्नसक्ने भएकाले आवत-जावत नगर्न प्रहरीले सुझाव दिएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ७ : ३३ बजे

चार दिनमा १६९ तीर्थालु भित्रिए

हुम्ला । वर्षायाम सुरु भएसँगै मानसरोवर कैलाश दर्शन गर्न जाने

पश्चिमी वायुको प्रभाव : कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको

खजुराबाट जुवातास खेलिरहेका १३ जना पक्राउ

खजुरा । बाँकेको खजुराबाट जुवातास खेलिरहेका १३ जनालाई प्रहरीले रङ्गेहात

भैरहवामा ‘सिद्धार्थ फुड एन्ड फन’ हुँदै

भैरहवा । भैरहवामा आगामी जेठ ९ र १० गते ‘सिद्धार्थ